रजनी भइन् तेस्रो युके डान्स अफ

तस्वीर: मिलन तमु

लण्डन । यसवर्षको युके डान्स अफको उपाधि रजनी गुरुङले जितेकी छिन् । अल्डरसटको प्रिन्सेस हलमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा १२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् । उनले पब्लिकको भोट पनि सबैभन्दा धेरै पाइन् ।

प्रतियोगितामा बेनुका लिम्बु दोस्रो र सिर्जना रायमाझी तेस्रो भए । विजेता गुरुङलाई एनआरएनए युकेकी उपाध्यक्ष पुनम गुरुङ र कमल गुरुङ, एनआरएनए युकेका संरक्षक सूर्य गुरुङ, प्रतियोगिताका आयोजक सपनकुमार राई र मञ्जु गुरुङले नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरे ।

प्रतियोगितामा नायिका मिरुना मगर, युके डान्स अफकी पूर्व विजेता जेनी सुनुवार र पर्चा प्रोडक्सनका समिर गुरुङ निर्णायक थिए भने नेपाल आइडलका विजेता बुद्ध लामा अतिथि निर्णायक थिए ।

प्रतियोगिताको उदघाटन समारोहमा शुभकामना मन्तब्य दिँदै बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले प्रवासमा नेपालीहरुले एकताको सन्देश फैलाउनु पर्ने बताए । उनले नेपाली कला सँस्कृतिको जगेर्ना र भावी पुस्तामा हस्तान्तरण गर्दै नेपाली भएर बाँच्न र नेपाली भएर मर्न पनि सबैलाई अपील गरे ।

गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामीले यस्ता प्रतियोगिताले बेलायतमा रहेका युवा पुस्ताको प्रतिभा उजागर गर्न महत्वपूर्ण सहयोग गर्ने बताए ।

सपन इन्टरटेनमेण्टको आयोजनामा भएको सो कार्यक्रमको सभापतित्व कलाकार सपनकुमार राईले गरेका थिए भने स्वागत मन्तब्य मञ्जु गुरुङले गरेका थिए । कार्यक्रम संचालन सूर्य गुरुङ र दिनेश रोकाले गरेका थिए ।

प्रतियोगितको मुख्य स्पोन्सर कमल गुरुङ र पूनम गुरुङ थिए भने प्रथम पुरस्कारको स्पोन्सर रवि लामिछाने, दोस्रो पुरस्कार नमूना हेयर सैलुन र तेस्रो पुरस्कार एनआरएनए युकेले गरेको थियो । प्रतियोगितामा सहभागी, स्पोन्सर, मिडिया पार्टनरहरुलाई प्रसंशापत्र वितरण गरिएको थियो ।

प्रतियोगितामा दिप्सन घले, सुष्मिता गिरी, निशा गुरुङ, रजनी गुरुङ, शुभेच्छा गुरुङ, बेनुका लिम्बु, सलिना थापामगर, शुभेच्छा भारती मगर, श्रेया महर्जन, रीता पुन, सिर्जना रायमाझी र ओसिन लिम्बुले भाग लिएका थिए ।

तस्वीर ह्याब अ मोमेन्ट

प्रतिक्रिया

सम्बन्धित सामाग्री