चर्चित गायिका अमात्यको दशैँ शुभकामना – सांगीतिक कोशेली (म्यूजिक भिडियो सहित)

लण्डन  । दशैँ – तिहारको पावन उपलक्षमा गायिका मिलन नेवारद्वारा स्वरबद्ध  सांगीतिक कोसेली हालै नयाँ भिडियोको रुपमा लोकार्पित भएको छ । ‘दशैँ -तिहार’ नामक उक्त गीतको लेखन तथा संगीत डुकुना नेवारले गरेकी हुन् भने संगीत ब्यबस्थापन बि बि अनुरागी र मिक्सिंग श्यामस्वेत रसाइलीको हो । 

उक्त गीतको जीबी लामाले उपत्यकाको विभिन्न ठाउँमा छायांकन गरेका छन् । साथै निर्देशन राजेश पुमा राई र सम्पादन बिकास दाहालले  गरेका छन् । उक्त म्युजिक भिडियोमा मिलन आँफै मोडेलको रुपमा देखा परेकी छिन् भने प्रविन केसीले साथ दिएका छन् । 

उक्त सांगीतिक भिडियो आफ्नो सांगीतिक प्रेरणाको श्रोत ठुलीआमा डुकुना नेवार र सम्पूर्ण दर्शक श्रोताहरुको लागि दशैँ – तिहारको शुभकामना कोशेलीको स्वरुप तयार गरिएको गायिका मिलन बताउंछिन् ।

गाला रातै…. स्लोली स्लोली….जहिलेसम्म संसारमा….जस्ता अनेक चर्चित गीतकी गायिका नेवारका विभिन्न १२ भाषाका हजारभन्दा बढी गीत ‘हिट’ छन् । उनले राष्ट्रपतिद्वारा प्रदान नातिकाजी अवार्ड देखि इंडिया लगायत देशमा समेत दर्जनौ बिबिध रास्ट्रिय पुरस्कार/सम्मान प्राप्त गरेकी छिन् ।  

गीतको लिंक-

प्रतिक्रिया

सम्बन्धित सामाग्री