मिसेस नेपाल यूकेको दोश्रो संस्करण अन्तिम चरणमा, उत्साहित छन् प्रतियोगी

लन्डन । ‘मिसेस नेपाल यूके’ को दोश्रो संस्करण नजिकिंदै गर्दा प्रतिष्पर्धीहरु निकै उत्साहित छन् । उपाधि पाउनु नपाउनु भन्दा यसले अनेक अनुभव बटुल्न पाएको बताउंछन् १३ प्रतिष्पर्धीहरु । प्रतियोगिता आगामी २४ अक्टोबर सांझ हयारो बरो फुटबल क्लवमा हुने कार्यक्रम छ ।

‘पब्लिक च्वाइस’ का लागि प्रतिष्पर्धीहरु अहिले लन्डन फेसन हाउसको फेसबुक पेजमा लाइक, सेयर र कमेन्ट्स बटुल्न जुटिरहेका छन् ।

प्रतियोगितामा भाग लिन बेलायतको विभिन्न शहरबाट प्रतियोगीहरुले ‘अडिसन’ चरण पार गरेका थिए । आयोजक लन्डन फेसन हाउसले प्रतियोगिताको तयारी पुरा भइसकेको जनाएको छ । प्रतियोगिता संयोजक एवं मिसेस नेपाल यूके ०१७ आस्था जोशीले प्रतियोगीहरु नर्सिङ, सेफ, होटल म्यानेजमेन्ट लगायत क्षेत्रबाट आएका जनाइन् । व्यक्तिगत विकास र प्रशिक्षण पनि जारी रहेको संयोजक आस्थाले जनाइन् । यस्तो प्रशिक्षणले प्रतियोगीहरुको आत्मविश्वास बढेको आयोजकको दावी छ ।

प्रतियोगीहरुले बकिङहम प्यालेसको अवलोकन भ्रमण गरे भने पण्डित चिरन्जिवी ढकालबाट धार्मिक प्रवचन समेत लिएका छन् ।

प्रतियोगीलाई मिसेस नेपाल युनिभर्स २०१८ एवं आयोजक मनिषा डंगोल श्रेष्ठले ग्रुमिङ, रोजिहिरा फाउण्डेसन यूकेकी अध्यक्ष रोजिना प्रधान राईले फिटनेस, ब्युटीसियन विजेता श्रेष्ठले हेयर एण्ड मेकअप र हस्पिटालिटी ट्रेनिङ सेलिब्रेटी सेफ विनोद बरालले दिइरहेका छन् । कार्यक्रम सञ्चालन विभोर ढकालले गर्ने तय भएको छ ।

गत वर्षको कमी कमजोरी सुधार गर्दै यो संस्करण बढि निष्पक्ष, व्यवस्थित र प्रभावकारी बनाउन आयोजक सचेत छ । इभेन्ट कोअर्डिनेटर आस्था जोशी, असिस्टेन्ट कोअर्डिनेटर सुस्मिता थापा, स्टेज डेकोरेसन नमस्कार इभेन्ट्स, साउण्ड एण्ड लाइट हेम विष्ट, फोटोग्राफी युद्ध पुन, भिडियोग्राफी सुमन श्रेष्ठ र म्यूजिक भिडियो पार्टनरको रुपमा के के मुभिज एण्ड मिडियाले जिम्मेवारी लिएका छन् ।

आयोजकले कार्यक्रममा सहभागी भएर प्रतियोगीहरुको हौसला अभिवृद्धि गरिदिन अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री