अफगानिस्तानको निर्वाचनमा १३० भन्दाबढी हताहत

अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोगकी अधिकारी (बाया) मतदानका लागि मतपेटिका तयार गर्दै । तस्विर एएफपी

काबुल, ३ कात्तिक – अफगानिस्तानमा आज भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा’ निर्वाचनका क्रममा १३० भन्दाबढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ ।

शनिबार भएको यस निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ । काबुलको कैयौँ स्थानमा भएको विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताउनुभएको छ ।

तालिवान आतङ्ककारी समूहले अफगान मतदातालाई मतदान केन्द नजान चेतावनी दिँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री