अब एनआरएनए बेलायतभित्र क्षेत्रियस्तरका समिति

लन्डन । गैरआवासीय नेपाली संघ यूकेले बेलायत भित्र क्षेत्रियस्तरका समिति गठनको निर्णय गरेको छ । शनिवार लन्डनमा बसेको वैठकले यूकेभित्र क्षेत्रियस्तरका समिति प्रस्ताव अर्काे बैठकमा ल्याउन अध्यक्ष योगकुमार फगामीलाई जिम्मा दिइएको हो ।

कुन कुन क्षेत्रलाई समेटेर कति क्षेत्रिय समिति बनाउने भन्ने बारेमा अध्यक्ष फगामीले प्रस्तुत गर्ने प्रतिवेदनमा भर पर्ने उपहासचिव विनय अधिकारीले बताए ।
अध्यक्ष फगामीको एक बर्ष कार्यकालमा वेल्स, नर्दनआयरल्याण्ड र स्कटल्याण्डमा राज्यस्तरीय समिति गठन गरेको थियो । लन्डनमा पनि राज्यस्तरको समिति गठन गर्ने बारेमा भने कार्यसमिति असमत देखियो ।

एनआरएनए यूके अध्यक्ष रहने क्षेत्रमा राज्यस्तरका समिति बनाउदा शक्ति वाडफाडमा अप्ठ्यारो पर्नेमा कार्यसमिति एकमत देखिएको स्रोतले बतायो । बैठकमा एक बर्षमा आफूले गरेका कार्यहरुको प्रतिवेदन उपसमिति संयोजकहरुले प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष शेर सुनवारले एनआरएनए यूकेमा १० हजार सदस्य संख्या पुर्याउने योजनालाई मुर्तरुप दिन आगामी नोभेम्बरबाट सदस्यता बनाउने अभियान सुरु गर्ने योजनासहितको प्रतिवेदन प्रस्तुत गरे । तत्कालिन अध्यक्ष पदका उम्मेदवार फगामीले आफू विजयी भए १० हजार सदस्य बनाउने घोषणा पत्र सार्वजनिक गरेका थिए ।

उपाध्यक्ष पुनम गुरुङले काउन्सिल वैठकबारेमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । अर्का उपाध्यक्ष प्रेम गहामगरले आफूले गरेका च्यारिटीमा घाटा र नाफा नभई आम्दानी र खर्च बरावर भएको प्रतिवेदन प्रस्तुत गरे । उनले एनआरएनए यूकेको सहकार्यमा आगामी मार्चमा बर्हिङममा हुने ‘भ्वाइस अफ नेपाल’ कार्यक्रमको नाफा हुने गरि काम भैरहेको जानकारी गराए ।

उपहासचिव विनय अधिकारीले डिजिटल एण्ड स्मार्ट एनआरएनए बारेमा प्रतिवेदन प्रस्तुत गरे । बैठकमा विद्यार्थी यूवालाई पनि एनआरएनएमा समेटनु पर्ने प्रतिवेदन जीत रानाभाटले प्रस्तुत गरेका थिए ।

महासचिव राजकुमार त्रिपाठी यूरोप भ्रमणमा रहेकाले वैठक संचालनको जिम्मा उपहासचिव अधिकारीले पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री