एनआरएनए यूकेको सदस्यता किन ?

एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी

लन्डन । गैरआवासीय नेपाली संघ बेलायतको नेतृत्व सम्हालेको एक वर्ष पुग्दा मैले गरेका कामहरु फेहरिस्त आफैंले भन्नु पर्ला जस्तो लाग्दैन । खुला किताब वा घाम जस्तै छर्लङग छ । गत कार्यकालमा नेतृत्व लिने सवालमा देखिएका असमझदारीहरु हटेको छ । निर्वाचन मार्फत विजयी भएपनि पराजितहरुलाई स्पेश दिने र सम्मान गर्ने काम यो कार्यसमितिले गरेको छ । लोकतान्त्रिक प्रक्रियामा जीत हार सामान्य हो । गणितको खेल भन्दा पनि बेलायतवासी नेपालीको हित, भाषा, धर्म, सस्कृति र एकता नै सबैको सर्वोपरि विषय हो ।

एउटा जीवन्त संगठनमा नेतृत्वमा मानिस आउने र जाने क्रम दिनपछि रात र रातपछि दिन आए जस्तै हो । तर त्यो बीचमा पनि आफ्ना खास दिन वा विशेष दिन हुन्छन् । म पनि एनआरएनए यूकेको नेतृत्व सम्हालेको कार्यकाललाई खास दिन बनाउन चाहन्छु । यस अन्तर्गत मैले आफ्ना घोषणा पत्रमा उल्लेख गरेका मध्ये केही काम पुरा गरिसके तथा अन्य कामहरु यहि नोभेम्बर महिनाबाट अभियानका रुपमा अघि बढाउदैछु ।

दुईदेखि चार हजारको वीचमा रहेको सदस्य संख्यालाई १० हजार पुर्याउने मेरो प्रतिवद्धता थियो । त्यो अन्तर्गत उपाध्यक्ष शेरबहादुर सुनारले यही महिनाबाट अभियान चलाउंदै हुनुहुन्छ । त्यो अभियानमा साथ दिन यूकेबासी नेपाली दिदी बहिनी र दाजुभाईलाई विनम्र अनुरोध गर्दछु । आर्थिक, सामाजिक र शैक्षिकलगायतका समस्या वा सोखले जन्मथलो छाडेर बिदेशीएका हामी नेपाली एकतामा बाधिनु अनिवार्य छ । एकता नै बल हो । त्यो कुरा ह्दयाङगम गरि जाति, भाषा, क्षेत्र, राजनीति, र धर्ममा बाडिएका हामी नेपाली बेलायतमा अल्पसंख्यकमै पर्छौं ।

हामीलाई अप्ठ्यारो पर्दा बोल्ने तपाई हामी नै हौ । यूकेमा एक नेपालीको घर जल्यो एनआरएनए यूकेले सहयोग गरयो । एक जना विद्यार्थीको दुखद निधन भयो त्यहाँ पनि एनआरएनए यूकले सहयोग गरयो । यस्ता मानवीय कार्यमा हातेमालो जरुरी छ । त्यो अप्ठ्यारो तपाई वा म जो कोहीलाई पर्न सक्छ । त्यो बेलामा हामीले खोज्ने भनेको समाज हो । त्यो समाज भनेको एनआरएनए नै हो ।

बेलायतको सन्दर्भमा भन्दा विभिन्न किसिमका गाउँस्तरका, क्षेत्र, जाति, भाषा र राजनीति संगठन नभएका होइनन् ।

करिव तीन सय नेपाली संघसस्था भएको अनुमान हामीले गरेका छौ । त्यसले आफ्ना जाति, क्षेत्र, भाषा, धर्म र राजनीतिसँग समेटिएका मानिसलाई मात्र सहयोग आदानप्रदान गर्छ । तर, एनआरएनए भनेको सवै संस्थाको छाता संगठन हो । यसले सवैसँग सहयोगको आदानप्रदान गर्छ । यसको नेतृत्वमा जो पनि आउन सक्छ । नेतृत्वमा आउन निश्चित भाषा, क्षेत्र, जात वा राजनीति गर्नु पर्दैन ।

कम्तिमा एक परिवारले एक सदस्य बँनौ। बेलायतमा एक बर्षमा १० पाउण्ड तिर्न कसैलाई केही समस्या पर्छ जस्तो लाग्दैन । यहाँको आम्दानीले बर्षमा १० पाउण्ड तिर्न गाह्रो भन्दा पनि एनआरएनए प्रतिको बुझाईमा फरक फरक विचार भएर जस्तो लाग्छ । तपाईका सहमति वा असहमति भएपनि एउटै टेवुलमा बसेर छलफल गरौं । यसलाई उन्नतस्तरको सवै नेपालीको संस्था बनाऔ । त्यसका लागि सहभागिता निकै खाँचो छ । त्यो भनेको तपाईले १० पाउण्ड तिरेर घरमै बसिबसि अनलाईन मार्फत सदस्यता लिने व्यवस्था हामीले गरिसकेका छौ 

तपाईका गुनासा वा समस्या छन् भने हामी संगै बसेर छलफल गरौं । त्यसपछि पक्कै समाधान निस्कन्छ । हाम्रो जन्मभुमी छेउको भुटानमा नेपाली लखेटिनु परेको हामीले देखेका छौं । बर्मामा नेपाली खेदिनु परेको पनि हामीले देखेका छौं । यो जीवनमा कहिले के हुन्छ । हामीलाई केही थाहा हुदैन ।

तरपनि, हामी एक ठाउँमा उभियौं भने एउटा शक्ति निर्माण हुन्छ । त्यो काम भनेको एनआरएनए जस्तो संस्थाले मात्रै गर्न सक्छ । दैनिक १५ सय नेपाली जन्मभुमिबाट कर्म गर्न निस्कन्छन । घरपरिवार वा आफ्नो जीवन यापन सहज बनाउन कर्म गर्न निस्किएका मानिसहरु लासका रुपमा भित्रिएका छन । त्यस्ताका परिवार विचल्लीमा परेका छन् । तर, त्यहाँ नेपाली एक भए भने त्यस्तो परिवारले सवैले थोरै आर्थिक वा सामाजिक सहयोग गर्दा त्यो परिवारले पाउने शैक्षिक ज्ञान सजिलै हासिल गर्न सक्छ । अनि त्यस्ता सहयोगी भावना वा सहयोगी हातहरुलाई नमन गर्न कसैले पनि गाह्रो मान्दैन । तर, त्यसका लागि एकता अनिवार्य सर्त हो ।

 (फगामी, गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष हुन् )

(वीनेपाली डट कमका समाचार संयोजक श्याम लुइटेलसँग बार्तामा आधारित यस लेखलाई हामीले दुई भागमा प्रकाशित गर्नेछौं । यो आलेखको भाग १ हो- सम्पादक)

प्रतिक्रिया

सम्बन्धित सामाग्री