बालबालिकालाई नेपाली भाषा सिकाउन देउसी भैलो

लण्डन । शान्ति नेपाली समाज बेलायतले बालबालिकालाई नेपाली भाषा कक्षा संचालन गर्ने उद्देश्यका साथ देउसी भैलो कार्यक्रम गरेको छ ।  

दिपावलीको अवसर पारी समाजले वेलायतको बर्मिङ्घम स्थित वेष्ट ब्रोम्विच, Kingstanding र यर्ड्लीमा देउसी भैलो कार्यक्रम गरेको हो ।  

करिब १५० घर धुरीमा गइ समाजले नेपाली परम्परा र कला  संस्कृतिको पहिचान दिन सफल भएको विश्वास गरिएको छ । 

कार्यक्रम सम्पन्न गर्न बर्मिङ्घमवासी आमा बुवा, दाजुभाई, दिदी बहिनी, नानी बाबु, महिला, बृद्ध, समाजसेवी, संस्थाका संस्थापकहरू, निबर्तमान सल्लाहकार एवं कार्यसमिति पदाधिकारी लगायतको उपस्थिति थियो ।  

समाजले संस्थालाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति आभार प्रकट गरेको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री