ब्रेक्जिट सहमतिले बबन्डर, मन्त्रीहरुले दिए धमाधम राजिनामा

ब्रेक्जिट मन्त्री डोमिनिक रब

लण्डन । बेलायतका दुई वरिष्ठ मन्त्रीले ब्रेक्जिट सहमतिको आलोचना गर्दै आफ्नो पदबाट राजिनामा दिएका छन् । ब्रेक्जिट मन्त्री डोमिनिक रब र श्रम तथा पेन्सन मन्त्री एस्टर मक्भेले प्रधानमन्त्री टेरेजा मेले गरेको ब्रेक्जिट सहमतिको विरोध गर्दै राजिनामा दिएका हुन् । अरु केहि मन्त्रीहरुको पनि राजिनामा आउन सक्ने अपेक्षा गरिएको छ । यसले बेलायतको राजनीति फेरी अस्थिरतातर्फ लागेको छ ।  प्रधानमन्त्री मेले बेलायती संसदमा बिहिबार सम्बोधन गर्ने कार्यक्रम छ ।  

बुधबार साँझ बेलायती मन्त्रिपरिषद्ले ब्रेक्जिट सहमति पास गरे लगत्तै ईयू विरोधीहरुले चर्को आलोचना गरेका छन् ।  मन्त्रिपरिषद्को करिब एक तिहाइले यस ब्रेक्जिट सहमतिको विरोध गरेको बेलायती मिडियाले जनाएका छन् ।  

प्रमुख प्रतिपक्षी लेबर पार्टीले पनि प्रधानमन्त्री मे सरकारको अवनति शुरु भएको टिप्पणी गरेको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री