परराष्ट्र सचिवले बेलायती मन्त्रीहरूसित उठाए गोरखाका समस्या

लण्डन । बेलायत भ्रमणमा रहेका परराष्ट्र सचिव शंकरदास बैरागीले बेलायतका आर्मड फोर्सेस राज्यमन्त्री मार्क ल्यांकास्टरसित भेट गरेका छन् । बैरागी र मन्त्री ल्यांकास्टरबीच बुधबार लण्डनस्थित ल्यांकास्टर हाउसमा भेट भएको थियो ।

यसैगरी सचिव बैरागीले एसिया तथा प्रशान्त क्षेत्रका राज्यमन्त्री मार्क फिल्डसित पनि भेट गरेका छन् । राज्यमन्त्री फिल्डको कार्यालयमा विहीबार सो भेटघाट भएको थियो ।

भेटमा गोरखाको समस्याका बारेमा र दुई देशबीचको द्धिपक्षीय सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । तर विस्तृत विवरण दिइएको छैन ।

गोरखा भूतपूर्व सैनिकहरूले परराष्ट्र सचिवको बेलायत भ्रमणलाइ चासो पूर्वक हेरिररहेका छन् ।

सो भेटघाटमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी तथा नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिस समेत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री