सुशील प्रजापति यसरी भए सफल (भिडिओ )

लण्डन । बिदेशिनु थोरै रहर भए पनि धेरै बाध्यता हुन सक्छ ।  इतिहासमा अवसरको खोजीमा सदियौ देखि नेपालीहरु बिदेशिएको तथ्यहरु भेट्न सकिन्छ ।  

हरेक रहर र चाहना पुरा नहुन सक्छ तर सफल हुनेहरुको पेशा, ब्यबसाय अरुको जस्तै समान भए पनि काम गर्ने शैली र मेहेनतले मनिसलाई सफल बनाईदिन्छ ।  

भर्खरै उमेरले ३५ मात्र टेकेका सुशील प्रजापति अनुभव र अभ्यासले परिपक्क छन् । नेपालको भक्तपुर जस्तो सांस्कृतिक नगरीको नेवार समुदायबीचमा जन्मेर पनि युरोपको आधुनिकतामा आफुलाई घुलमिल गराई आफ्नो सस्कार र संस्कृतिलाई संसार माझ चिनाउने अभ्यास चानचुने काम होइन । अंग्रेजको देशमा आफ्नु नेपाली शैलीलाई जिवन्त राख्दै बिदेशिएका हरेक नेपालीहरु आफ्नो परम्परा भुल्दैनन भन्ने गतिलो उत्तर उनीले दिएका छन् ।

कक्षा कोठा होस् या खेलको मैदान सबै अतिरिक्त क्रियाकलापमा मेघावी प्रजापतीको बाल्यकाल पनि कम्ति रमाइलो छैन । सयुक्त परिवारमा हुर्केका उनी बाल्यकालका सम्पूर्ण रमाइला गतिबिधिमा पनि पछि परेका थिएनन ।   

अधिकांश नेपालीबीच प्रजापति गर्व गर्न लाएक एक युवा हुन् । बिश्व आधुनिकतामा दौडीरहदा युरोप जस्तो आधुनिक ठाउमा भैरव नृत्य, ख्याक नाच, कुमारी, लाखे, मंजुश्री नाच धिमे बाजा धां बाजा ईत्यादी जस्ता नेपालका परम्परागत संस्कृति झल्क्याउने एतिहासिक महत्वका बिषय बस्तुलाई बेलायतमा भित्र्याउनु अहम भूमिका निवारण गर्ने सुशील  आफै भैरब नृत्यका उत्कृष्ट कलाकार पनि हुन् । युवा अवस्थामा सुशील प्रजापतिले आफ्नु देश र संस्कृतिका लागि पुराएको यो योगदानलाई भविश्यमा  सम्मान जनक स्थान  त मिल्नेनै छ । यसका अलावा परमपरागत भैरव गण नाच, ख्याक नाच, धिमे बाजालाई बेलायतमा प्रवेश गराई पहिलो पल्ट प्रवासी नेपाली समुदायमा तालिम गराउने श्रेय पनि उनीलाई जान्छ । एक युवा साँस्कृतिक अभियन्ताबाट सिक्न लाएक कुराहरु थुप्रै छन् । विभिन्न गुठी र संघ संस्थाबाट नेपाली संस्कृतिको प्रवर्दनमा निरन्तर लागि पर्ने उनीको जति नै प्रशंशा गरे पनि कमि हुन्छ ।

नेपाल, साइप्रस, अमेरिका हुँदै बेलायतसम्म बिद्यार्थी जीवनका अनुभव बटुलेका प्रजापति अहिले बेलायतमै नेपाली समुदायको हितमा खोलिएका विभिन्न सामाजिक तथा संस्कृतिक संघ सस्थाहरुमा आवद्द छन् । 

बेलायतमा निकै सम्मान जनक पेशा मानिएको रेस्टुरेन्ट व्यवसायीको रुपमा चिनिएका उनी आफुलाई अझ बिशेष सामाजिक अभिएन्ता भन्न रुचाउछन् । रेड लायन नुडल बार र ओरिन्टल रेस्टुरेन्टका मालिक प्रजापति, पासा पुच गुठि साउथ लण्डनका अधक्ष्य, अन्तराष्ट्रिय नेपाली कलाकार समाज, बेलायतका उपाधक्ष्य लगायत विभिन्न सामाजिक संस्कृतिक संघ सस्था आवद्द छन्   

नेपालमा पर्ने समस्याले उनीलाई सारै पिरोल्छ । भूकम्प पीडित, असहाय रोगी होस् या कुनै सास्कृतिक संस्था वा कार्य होस, उनी चुप रहन सक्दैनन् । विभिन्न बेलामा नेपालीलाई  परेको आपत बिपतमा उनी साथ दिन पछि परेका छैनन् ।

नेपाल र नेपालीका लागि गरिएका जो कुनै कार्यक्रममा होस् उनी मनकारी देखिन्छन ।

अवकाश प्राप्त शिक्षक बिष्णुप्रसाद प्रजापति र इन्द्रा देवी प्रजापतिले आफ्ना दुवै सन्तान बिदेसिएलान भनेर सोचेका पनि थिएनन । आफ्ना सन्तान पुर्खेली माटोको भाडा बनाउने पेसामा  अल्झिएर नबसुन भन्नेमा शिक्षक  बिष्णुप्रसाद सजक थिए । प्रजापतिको माटाका भाडा बनाउने पेशालाई छोडेर उनी मोटर पार्टस ब्यबसायमा संलग्न हुनु नै भक्तपुर निवासी नेवार समुदायमा एउटा साहसिक उदाहरण थियो । तर उनीलाई डर थियो आफ्ना सन्तान बिदेसिएसंगै संस्कृति पनि भुल्ने । त्यसैले होला सबै खाले समुदायका गतिविधिमा उनी आफ्ना छोराहरुलाई सानैबाट तालिम दिने र सांस्कृतिक समारोहमा सहभागी गराउथे ।

बिष्णु प्रसाद र इन्द्रादेवी अहिले निकै खुसी देखिन्छन । जेठो छोरो शुशिल एक सफल समाजसेवी र  ब्यबसायीका रुपमा बेलायतमा स्थापित  छन् र कान्छो छोरो सुरेन्द्र बिद्यावारिधि गरि परिवार सहित अमेरिकामा स्थापित छन् । दुवै छोराहरुको समुदाय र संस्कृतिप्रतिको लगावले उनीहरु झनै प्रसन्न छन् ।

साथी भाई र समुदायमा लोकप्रिय शुशिल आफ्नै धर्म पत्नीको आखामा पनि दयालु र सफा मन भएको श्रीमानमा सम्मानजनक छन् । व्यस्तताको वाबजुद पनि आफ्नो परिवार र उनीहरुको रेखदेखमा उनी त्यत्तिकै परिपक्क छन् ।

लभलाई एरेन्ज बिबाह मा परिणत गरेका उनीहरुका दुई छोरीहरु छन् ।

पैसा कमाउनु मात्र ठुलो कुरो होइन । सहयोग, समाजसेवा पनि मानव जीवनमा आवस्यक छ । एकले अर्कालाई सहयोग गर्नुनै सबैभन्दा ठूलो भात्रित्व हो ।

नेपालको सान नै नेपालीहरुको भेषभुषा, भाषा र संकृति हो । आधुनिकतासंगै यो लोप भएर नजाओस । आफ्नो पहिचानका लागि जुनसुकै भूगोलमा रहे पनि निरन्तर लागि पर्नु पर्ने कुरामा प्रजापती परिवार सचेत छ ।

रहर होस या बाध्यता, कुनै परिवेशले बिदेशीय पनि आफ्नो संस्कार र सस्कृतिप्रति सुशीलले देखाएको लगाव प्रशंसनीय छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री