गोर्खा ग्रुपको सेयर सदस्य बैठक सम्पन्न

लण्डन । पूर्व गोर्खा सैनिकहरुको लगानी रहेको गोर्खा ग्रुपको सेयर सदस्यहरुको बैठक क्यान्टरबरी क्याथेड्रलमा सम्पन्न भएको छ ।

ग्रुपका युके संयोजक विष्णु घर्तीको अध्यक्षतामा भएको बैठकको उद्घाटन सत्रमा नेपाल मगर संघकी कोषाध्यक्ष कमला थापामगर प्रमुख अतिथि थिइन् ।

उद्घाटन सत्रमा प्रमुख अतिथि थापामगर, गोर्खा ग्रुपका अध्यक्ष मानबहादुर बुढामगर, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर र नेपाली टिभीका अध्यक्ष तथा निर्देशक विजय थापाले बैठकको सफलताको शुभकामना दिएका थिए ।

धनकुमार बुढाले संचालन गरेको कार्यक्रममा हरि बुढाले स्वागत मन्तब्य दिएका थिए भने बालकृष्ण रोकाले जनसम्पर्कका बारेमा बोलेका थिए ।

२० वर्षअघि करिब १३५ गोर्खा सैनिकहरुको लगानीमा स्थापना भएको गोर्खा ग्रुपले अहिले दाङको घोराही, तुलसीपुर, लमहीमा स्कुल, कलेज र अस्पताल संचालन गरिरहेको छ । 

सो  ग्रुप अन्तगर्तका प्रतिष्ठानहरूमा करिब १३० जनाले रोजगारी पाएका छन् ।

तस्वीरहरू- मनबहादुर थापा

प्रतिक्रिया

सम्बन्धित सामाग्री