बुद्धिष्ट कम्युनिटी सेन्टरबाट दश हजार पाउण्ड चोर्ने सात जना यी हुन्

लण्डन । बेलायतको अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टरबाट १० हजार पाउण्ड बराबरको दान चोरीमा संलग्न सात जनाको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।

हेमसायर पुलिसले चोरहरुको सिसी टिभी फुटेज सार्वजनिक गर्दै ति ब्यक्ति भेटिए सूचना दिन अपिल गरेको छ ।  

गत नोभेम्बर १५ मा उक्त नेपाली गुम्बाबाट एउटा सुटकेश, एक हजार डलर, कपडा, ब्यक्तिगत कागजात र लामा गुरुले लगाउने सेतो स्कार्फ समेत गरि १० हजार पाउण्ड बराबरको दान चोरी भएको थियो ।  

उक्त दिन साँझ करिब ५.३० बजे कुल ७ जना ब्यक्ति सेन्टरमा छिरेका थिए । ६ जनाले त्यहां रहेका ब्यक्तिलाई गफमा भुलाई एक जनाले विभिन्न कोठाभित्र छिरेर खानतलासी थालेको थियो । उनीहरु सबैजना निस्के लगत्तै हेर्दा नगद र अन्य वस्तु चोरी भएको थाहा भएको थियो । 

नेपालीहरु अत्यधिक रहेको अल्डरसट क्षेत्रमा नेपालीका गरगहना चोरी घट्ना पनि बढेकोमा ग्रेटर रसमोर नेपलिज कम्युनिटीले चिन्ता व्यक्त गर्दै प्रहरीसंग छलफलको योजना बनाएको छ ।

प्रहरीलाई खवर गर्न-

Anyone with information is asked to contact us on 101, quoting 44180429793, or Crimestoppers anonymously on 0800 555 111.

प्रतिक्रिया

सम्बन्धित सामाग्री