तमु समाज युके ‘फो ल्होछार/ल्होसार’ मनाउने तयारीमा

लन्डन । तमु समाज युकेले सदा झैं यस वर्ष पनि आगामी डिसेम्बर २९ तारिख तमु (गुरुङ) हरुको मौलिक, सांस्कृतिक एवं ऐतिहासिक महान पर्व ‘फो ल्होछार/ल्होसार’ धुमधामसंग मनाउने भएको छ ।

बेलायतमा छरिएर रहेका तमु (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा, भाषा, संस्कार संस्कृति तथा 
परम्परा बचाई राख्ने उद्देश्यसहित समाजले यो पटक पनि खी-ल्हो 
(कुकुर वर्ग) लाई विदाई र फो-ल्हो (मृग वर्ग) लाई स्वागत गर्दै 
रात्री भोज, शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।

ल्होछार/ल्होसार सफल बनाउन गत २५ नोभेम्बर २०१८ मा तमु समाज युकेको आफ्नै भवनमा बसेको बैठकले विभिन्न जिम्मेवारी बांडफांड गरेको छ ।

बैठकमा संस्थाका संयोजक कमल गुरुङ र केदार गुरुङले सबै 
संयोजन गर्ने, कल्चरल सेक्रेटरी सरु गुरुङ र आमा समूहकी अध्यक्ष बिन्दु घलेले कल्चरल डान्सको तयारी गर्ने, खाना ब्यवस्थापन हरिमान गुरुङले गर्ने र स्टेज सजावट पूर्व अध्यक्ष शिवशरण गुरुङको निर्देशनमा गर्ने जिम्मेवारी दिइयो ।

त्यसैगरि, निवर्तमान अध्यक्ष अर्जुन गुरुङले सर्टिफिकेट र अरु प्रिन्ट गर्ने, उपाध्यक्ष शिव कुमारले भिआइपी सिटिङ प्लान गर्ने र आमा समूहकी अध्यक्ष बिन्दु घलेले अतिथिहरुको स्वागत र हेरविचार गर्ने जिम्मा दिइएको छ । 
कोषाध्यक्ष याम गुरुङ र सह कोषाध्यक्षले आर्थिक पाटो र टिकेटमा बस्ने, सेक्युरिटी र फोटोग्राफीमा ओमकार गुरुङ र टेक गुरुङ तथा भिडियोमा विषन गुरुङलाई जिम्मा दिने, सेक्रेटरी बुद्धि गुरुङले सेक्युरिटी टिम मिलाउने, उपाध्यक्ष कन्याप्रसाद गुरुङले अतिथिहरुलाई आतिथ्य र खाना/पेयपदार्थ बन्दोवस्त 
गर्ने साथै अध्यक्ष शिव चन्द्र गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले सबै ठाउंमा हेर्ने र विपहरुको रिसेप्सन हेर्ने जिम्मेवारी 
बांडिएको छ ।

कल्चरल सेक्रेटरी एवं पहिलो गुरुङ फिल्म ‘पाते’ की नायिका सरु गुरुङ र आमा समूहकी अध्यक्ष बिन्दु घलेलाई कल्चरल डान्स तथा कलाकारहरुको संयोजन गर्न बैठकले जिम्मा दिएको छ । यसपटकको फो ल्होसारमा नेपालबाट आउने राष्ट्रिय कलाकार साथै स्थानीय कलाकारको पनि प्रस्तुति हुने समाजले जनाएको छ ।

समाजका अध्यक्ष शिव चन्द्र गुरुङको अध्यक्षतामा महासचिव हर्क गुरुङले सञ्चालन गरेको उक्त बैठकमा कोषाध्यक्ष यम गुरुङले आर्थिक विवरण प्रस्तुत गरेका थिए । बैठकमा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान 
उपाध्यक्ष मिम र उपाध्यक्ष बिजु गुरुङ, समाज घरका म्यानेजर बाबुराम गुरुङ, यम गुरुङ र इमान घले, सल्लाहकार सुवसिं गुरुङको पनि उपस्थित थियो ।

अन्तमा उपाध्यक्ष कन्याप्रसादले प्रवन्ध गरेको खानापछि बैठक समापन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री