क्याट यूके च्यारिटीमा मनोज गजुरेलको विशेष प्रस्तुति हुने

लन्डन । चितवन एड ट्रस्ट यूके (क्याट यूके) ले आपतकालिन राहत कोष अभिवृद्धिका लागि भोलि आइतबार लन्डनमा एउटा वृहत च्यारिटी कार्यक्रम गर्ने तयारी पुरा गरेको छ ।

२ डिसेम्बर सांझ हयारो बरो फुटबल क्लवमा च्यारिटी कार्यक्रम गर्ने तयारी भएको हो ।

च्यारिटी कार्यक्रममा हांस्यकलाकार मनोज गजुरेल र अर्की चितवनवासी लोकगायिका सरिता गुरुङ श्रेष्ठको विशेष प्रस्तुति हुने आयोजकले जनाएका छन् । च्यारिटी संयोजक एवं क्याट यूके सल्लाहकार शान्ताविनोद लामिछानेले १० हजार पाउण्ड प्रतिवद्धता आइसकेको जनाए । लामिछानेले पवित्र उद्देश्यका लागि आयोजना गरिएको कार्यक्रममा चितवनवासी र अन्य नेपालीलाई उपस्थितिका लागि अपिल पनि गरे । चितवन एड ट्रष्टद्वारा भविष्यमा प्रदान गरिने 
राहत सहयोगकालागि र निर्माणाधिन प्रोजेक्टहरु सम्पन्न गर्न अक्षयकोष स्थापनार्थ च्यारिटी आयोजना गरिएको संस्थाले जनाएको छ ।

चितवन जिल्लाबाट बेलायत आइ विभिन्न पेशा र व्यवसायमा संलग्न चितवनवासीहरुको साझा संस्थाका रुपमा संस्था अघि बढेको छ । सन् २००४ मा स्थापना भएपछि संस्थाले उल्लेख्य मानव कल्याणकारी कार्यहरु गरेको छ । संयोजक शान्तविनोद लामिछानेका अनुसार, संस्थाका मुख्य कल्याणकारी कार्य निम्न छन्-

-डा. महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग £1796.00 (2018)
-श्री राष्ट्रिय आधारभूत विद्यालय माडीलाई आर्थिक सहयोग £2694.00 (2018)
-श्री राष्ट्रिय प्राथमिक विद्यालय बद्रहानलाई आर्थिक सहयोग £1796.00 (2018)
-भरतपुर आँखा अस्पतालमा आइ बैंक स्थापना गर्न हालसम्मको सहयोग £10,000.00 (2017)
-बेलायतमा प्रस्तावित नेपाल भवन स्थापना गर्न एनआरएन युकेलाई सहयोग £1,000.00 (2017)
-चितवनस्थित मानव सेवा आश्रमलाई सहयोग NRs 50,000.00 (2016)
-भूकम्पबाट क्षतिग्रस्त कविलास चितवनस्थित राष्ट्रिय प्रावि ढोढेनीको भवन पुनर्निर्माणकालागि सहयोग £9778.60 (2015)
-भूकम्पबाट क्षतिग्रस्त दहखानी चितवनस्थित राष्ट्रिय मावि गर्दशाको भवन पुनर्निर्माणकालागि सहयोग £9146.00 (2015)
-नेपाली दूतावासमार्फत भूकम्पपीडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग £2,000.00 (2015)
-चितवनको कान्दामा चेपाङ समुदायकालागि आवास निर्माण गर्न सहयोग £625.00 (2015)
-चितवन साहित्य परिषद्को भवन निर्माणकालागि सहयोग £862.00 (2015)
-अन्त्योदय आवासीय माध्यमिक विद्यालयद्वारा स्थापित अक्षय कोषकालागि आर्थिक सहयोग (2014)
-हेल्प नेपाल नेटवर्कको अक्षय कोष स्थापना अभियानकालागि आर्थिक सहयोग (2013)
-नेप्लीज नर्सिङ एसोसियसन युकेसंगको सहकार्यमा देवघाट, चितवनमा निशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण (2012)
-आश्रयविहीन बालबालिकाहरुकालागि आवास बनाउन सन्चालित ‘हाम्रो घर’ परियोजनाकालागि आर्थिक सहयोग (2012)
-चितवन एफएममा स्वास्थ्य सचेतना वृद्धि संबन्धी कार्यक्रम एक वर्षसम्म सन्चालन गर्न आर्थिक सहयोग प्रदान (2011)
-चितवनको अयोध्यापुरी गाउँकालागि एम्बुलेन्स प्रदान (2011)
-स्वास्थ्यकर्मीहरुको सहयोगमा चितवनको माडीमा निशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण (2008)
-बाँदरमुढे घटनाकी पीडित साबित्री ढकाललाई आर्थिक सहयोग (2005)
-वि.सं २०६२-६३ को जनआन्दोलनका घाइतेहरुको जीवन बचाउन रगत किन्न आर्थिक सहयोग प्रदान (2005)
-स्वास्थ्यकर्मीहरुको सहयोगमा चितवनको कविलासमा निशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण (2004)

प्रतिक्रिया

सम्बन्धित सामाग्री