क्याट यूकेले च्यारिटीबाट उठायो २२ हजार तीन सय पाउण्ड

लन्डन । चितवन एड ट्रष्ट यूके (क्याट यूके) ले आपतकालिन राहत कोषका लागि करिब २२ हजार तीन सय पाउण्ड संकलन गरेको छ ।
चितवन जिल्लाबाट बेलायत आइ बसोवास गर्ने नेपालीहरुको संस्थाका रुपमा परिचित ‘क्याट यूके’ ले आइतबार साउथ ह्यारोमा  च्यारिटी गरि आपतकालिन राहत कोषमा रकम जम्मा गरेको हो । उक्त कोषमा रकम आउने क्रम जारी रहेको च्यारिटी कार्यक्रम संयोजक शान्तविनोद लामिछानेले जनाए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष कुल आचार्यले क्याट यूकेले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गरेको कामको 
प्रशंसा गरे । उनले सामाजिक क्षेत्रमा एक दशकमा क्याट यूकेले धेरै उल्लेखनीय काम गरेको जनाए । उपाध्यक्ष आचार्यले गैरआवासीय नेपालीले अब मातृभूमिमा लगानी गर्नुपर्नेमा जोड दिए ।

गैरआवासीय नेपाली संघ बेलायतकी उपाध्यक्ष पुनम गुरुङले क्याट यूकेले आपतविपतमा नेपालीलाई सहयोग गरेको बताइन् । अर्का उपाध्यक्ष शेर सुनवारले समाजसेवा मानवीय कार्य भएकाले सबैले सहयोग गर्नुपर्ने बताए ।

क्याट यूकेका उपसभापति यादव श्रेष्ठले स्थापनाकालदेखि हालसम्म गरेका गतिविधिबारे जानकारी दिए । हाल बेलायत भ्रमणमा रहेकी शिक्षिका गायत्री श्रेष्ठले आफ्ना विद्यार्थीको प्रगति देखेर छाती नाङलो जत्रो भएको बताइन् । उनले चितवन साहित्य परिषद्मा क्याट यूकेले गरेको कामको उच्च मुल्याङकन गर्दै अध्यक्ष देवेन्द्र श्रेष्ठलाई प्रशंसा पत्र समेत दिइन् ।


क्याट यूकेका सल्लाहकार तथा च्यारिटी संयोजक शान्ताविनोद लामिछानेले सञ्चालन गरेको कार्यक्रममा क्याट यूकेकी सदस्य भगवती रानाभाटले स्वागत मन्तव्य राखेकी थिइन् । च्यारिटी संयोजक लामिछानेले स्टेजमा बोलाउंदै रकम घोषणा गर्न लगाएका थिए । सो क्रममा सबैभन्दा बढि चितवनकै व्यवसायी तथा समाजसेवी राजु आचार्यले एक हजार एक सय ११ पाउण्ड सहयोग घोषणा गरेका थिए ।

यसैबीच, कार्यक्रममा हांस्यव्यंग्य कलाकार मनोज गजुरेल र सरिता गुरुङ श्रेष्ठलगायतले आफ्नो कलामार्फत उपस्थित दर्शकलाई मनोरन्जन गराए ।

तस्विर- नेपाल संसार

प्रतिक्रिया

सम्बन्धित सामाग्री