पहिरोमा आमाबाबु गुमाएका तीन दलित बालिकालाई युकेबाट सहयोग

लण्डन । गत भदौ महिनामा सल्यानमा आएको पहिरोमा घरसहित आमाबाबु, भाइबहिनी गुमाएका तीन दलित बालिकालाई युकेबाट सहयोग गरिएको छ ।

क्याट्रिकमा रहेको ब्रिटिश गोरखाज एण्ड नेपलिज कम्युनिटी (बीजीएण्डसी) ले सल्यान बागचोर नगरपालिका–४, बागचोरकी १३ वर्षीया कमला विक, १० वर्षीया पुतला विक र ८ वर्षीया सुनिता विकलाई ५ लाख रुपियाँ सहयोग गरेको हो ।

साे बारेमा कान्तिपुरमा समाचार छापिएपछि कम्युनिटीले ज्ञानेन्द्र आलेको संयोजकत्वमा ‘कमला, पुतला, सुनिता बिक सहयोग अभियान’ शुरु गरेको थियो । सो अभियानमा १०० जनाभन्दा बढी व्यक्ति र संस्थाले सहयोग गरी ३ हजार ४९८ पाउण्ड २६ पेन्स सहयोग संकलन भएको थियो ।

सो रकम जनता बैँक थारमारे, सल्यानमा बालिकाहरुको बाजेको नाममा बैँक खातामा जम्मा गरिएको छ । पाँच वर्षपछि बालबालिकाकाे अाफ्नै खाता भएपछि सो रकम बालकालिकालाई नै हस्तान्तरण गरिने बताइएको छ ।

कम्युनिटीका अध्यक्ष राम मल्ल, अभियान संयोजक नन्दराज राई र ज्ञानेन्द्र आलेले एक विज्ञप्ति प्रकाशित गरी सहयोगदाता सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री