सोमबार, जेठ १३ २०७६ | Mon, May 27, 2019
नेपालको समय: १९:५७ | UK Time: 15:12

रवि नेपाल आइडल–२, पाए २२ लाख, कार र गोल्डेन ट्रफी

रासस
२०७५ पुष ७ गते १०:१८

काठमाडौँ, ६ पुस – चर्चित सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–२’ को उपाधि रवि ओडले जितेका छन् ।

शुक्रबार भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका ओडले उपाधि जितेको हुन् । नेपाल आइडल–२ को उपाधि जितेसँगै उनले रु २२ लाख, कार र गोल्डेन ट्रफी हात पारेका छन् ।

आइडलको फस्ट रनरअप गण्डकी प्रदेश, कास्कीका विक्रम बराल भए । उनले रु २० लाख पुस्कार पाए । त्यसैगरी सेकेण्ड रनरअप प्रदेश नं १, झापाका सुमित पाठक भए । उनले रु १२ लाख पुरस्कार प्राप्त गरे । प्रतियोगिताको थर्ड रनरअप प्रदेश नं १ कै झापाकी अस्मिता अधिकारी भइन् । उनले स्कुटर पुरस्कार प्राप्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक