पहिचान पुरस्कार ‘नथिया’ र ‘आफर’लाई

लन्डन । पहिचान पुरस्कार कोषले यस वर्षको पहिचान पुरस्कार उन्मुक्त पुस्ताको “आफर” र सरस्वती प्रतीक्षाको “नथिया” लाई संयुक्त रूपमा दिने भएको छ ।

सो पुरस्कार आउँदो बैशाख दोस्रो हप्ता काठमाडौंमा वितरण हुनेछ । पुरस्कारको राशी २ लाख २ हजार दुई रुपैयाँ छ । दुवै पुस्तकलाई १ लाख २ हजार दुई रुपैयाँ प्रदान गरिने कोषले प्रेस विज्ञप्तिमा जनाएको छ ।

पुरस्कारका लागि छानिएका उत्कृष्ट पाँच कृतिहरुमा उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतीक्षाको ‘नथिया’, नवीन जिरेलको ‘भीषण दिनहरु’, बसन्त बस्नेतको ‘७२ को बिस्मय’ र गणेश राईको ‘फोकल्याण्ड जर्नल’ थिए ।

यसभन्दा अगाडि तीन वटा कृतिले पहिचान पुरस्कार पाइसकेको छ । राजन मुकारुङको ‘फेरिदों सौन्दर्य’, अर्जुन खालिङको ‘गोयाङको सुगन्ध’ र यज्ञशको ‘भुइयाँ’ले पहिचान पुरस्कार पाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री