शुक्रबार, चैत ८ २०७५ | Fri, March 22, 2019
नेपालको समय: १०:०७ | UK Time: 04:22

सन् २०१८ मा युएईमा १०३ नेपालीको मृत्यु

रासस
२०७५ पुष १७ गते १३:३९

काठमाडौँ, १६ पुस – सन् २०१८ मा संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ ।

मृत्युहुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ । मृतकमध्ये तीन महिला र ४४ पुरुषको प्राकृतिक कारण, तीन महिला र ३० पुरुषको आत्महत्या तथा दुई महिला र २१ पुरुष कामदारको दुर्घटनामा परेर मृत्यु भएको हो ।

मृतकमध्ये सूर्य विक, अमृतबहादुर कार्की, सिर्जना बराल र अशोक भट्टराईको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ । उनीहरुको मृत्युका कारणबारे अध्ययन भइरहेकाले शव पठाउन ढिलाइ भएको र छिट्टै नेपाल पठाइने दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक