चीनमा आठ लाख सामाजिक संस्था दर्ता

बेइजिङ्, १९ पुस – चीनको नागरिक मामिला मन्त्री हुअङ शुसिआनले देशभरी आठ लाख भन्दा बढी सामाजिक संस्था दर्ता भएको जानकारी दिनुभएको छ ।

बिहीबार भएको एउटा भिडियो सम्मेलनमा उहाँले चीनका सामाजिक संघसंस्था विभिन्न प्रकृतिका रहेको बताउनुभयो ।

चीनमा सामुदायिक समूहहरु, कोष, औद्योगीक संस्था र गैर–नाफामुलक विभिन्न संस्थाहरु सामाजिक संस्थाका रुपमा क्रियाशिल रहेको उहाँको भनाई छ ।

देशमा अवैध रुपमा रहेका पाँच हजार ८४५ ओटा सामाजिक संस्थाका बारेमा अनुसन्धान गरेर गत बर्ष बन्द गरिदिएको पनि मन्त्री शुसिआनले जानकारी दिनुभयो ।

चीनमा झण्डै १२ हजार स्वयमसेवी संस्थाहरु दर्ता भएका छन् । ती संस्थाहरुका झण्डै दश करोड स्वयमसेवकहरु दर्ता छन् ।

ती स्वयमसेवकहरुले एक अरब २० करोड घण्टा स्वयमसेवी काम गर्ने मन्त्री शुसिआनले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री