सङ्घीय सरकारको खर्च वर्षौंसम्म लम्ब्याइदिने ट्रम्पको धम्की

राष्ट्रपति ट्रम्प । तस्विर एपी

वासिङ्टन, २१ पुस – विपक्षी डेमोक्र्याटहरूसँग विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सरकारको खर्च वर्षौसम्म रोकेर लम्ब्याइदिन आफू तयार भएको धम्की दिनु भएको छ ।

वरिष्ठ डेमोक्र्याट नेताहरूसँग भएको वार्तापछि उहाँले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन आवश्यक परे कंग्रेसलाई बाइपास गरेर राष्ट्रिय सङ्कटको स्थितिको घोषणा गर्न समेत सकिने बताउनु भएको हो ।

मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने रकम कंग्रेसले उपलब्ध नगराएको खण्डमा आफूले बजेटसम्बन्धी विधेयकमा हस्ताक्षर नगर्ने ट्रम्पले बताउनु भएको छ ।

मेक्सिकोमा पर्खाल बनाउने बजेट कंग्रेसले उपलब्ध नगराएको भन्दै उत्पन्न विवादका बीच सरकारी खर्च बन्द भएको तेस्रो साता हुन लागेको छ ।

गत डिसेम्बर २२ देखि ८ लाख सङ्घीय कर्मचारीले तलब पाएका छैनन् । यस विषयमा संसदले अटेर गरिरहेमा आफूले राष्ट्रिय सङ्कटको स्थितिको घोषणा गरेर एक्लै अघि बढ्ने भनी राष्ट्रपति ट्रम्प चेतावनी दिदै आउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री