प्लमस्टिडको नेपाली रेष्टुरेन्टमा झगडापछि लाइसेन्स निलम्बन

लन्डन । लन्डन प्लमस्टिडस्थित एक नेपाली रेष्टुरेन्ट र सुपर 
मार्केटको लाइसेन्स निलम्बन भएको छ । असामाजिक व्यवहार र हिंसालाई बढावा दिन उद्यत भएको ठहर गर्दै ग्रीनवीच काउन्सिलले जात्रा कुजिन (हाम्रो चौतारी) रेष्टुरेन्ट र युरो फुड एण्ड वाइनलाई अल्कोहल विक्री गर्न नपाउने गरि लाइसेन्स अस्थायी रुपमा निलम्बन गरिदिएको न्यूज सपरले जनाएको छ ।

फुडवे एसिया लिमिटेडले जात्रा कुजिनको लाइसेन्स लिएको थियो । उक्त रेष्टुरेन्ट परिसरमा झगडाका क्रममा एक व्यक्तिले खतरनाक तरिकाले चक्कु नचाएपछि प्रहरीलाई खबर गरि त्यो व्यक्तिलाई समातिएको थियो । काउन्सिल अन्तर्गतको मदिरा विक्रीको अनुमति पुनरावलोकन उपसमिति (लाइसेन्सिंग रिभ्यू सब कमिटी) बैठकमा पिसी गिल्स् ब्यालेसट्रिनीले झगडा हुंदा जात्रा कुजिनका कर्मचारीले प्रहरी बोलाउनुको सट्टा उल्टो घट्नाको भिडियो खिचेर बसेको बताएका थिए ।

युरो फुड एण्ड वाइनविरुद्ध पनि स्थानीयवासीको सिकायत परेको थियो । उक्त सुपरमार्केटले अनुमतिभन्दा अबेरसम्म मदिरा बिक्री गरेको, कडा खालका रक्सी बेचेको, सिसिटिभी प्रणाली राम्रोसंग जडान नगरेको आदि पाइएपछि काउन्सिल पदाधिकारीले लाइसेन्स निलम्बन गर्ने निर्णय गरेका हुन् । दुवै कम्पनीले २१ दिनभित्र पुनरावेदन दिन भने सक्नेछन् । काउन्सिलर ज्याकी स्मिथले भनिन्, ‘सार्वजनिक सुरक्षा चासो र असामाजिक व्यवहारपछि हामी त्यस्ता गतिविधिविरुद्ध कारबाही गर्न कति हिच्किचाउने छैनौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री