ताप्लेजुङ समाज युकेमा दर्नाल

लन्डन । ताप्लेजुङ समाज युकेको अध्यक्षमा बुद्धिमान दर्नाल निर्वाचित भएका छन् । समाजको शनिबार आसफोर्डमा भएको पाँचौं अधिवेशनले दर्नाललाई निर्वाचित गरेको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा जीवनप्यारा मादेन, जीतप्रकाश मेन्याङ्बो र नरबहादुर सबेनहिम, महासचिव जानुका काम्वाङ, सचिवमा सुजन पन्धाक र पूर्ण मादेन, कोषाध्यक्षमा नीमा ग्याल्बो लामा, सहकोषाध्यक्ष दिपेन्द्र गुरुङ निर्वाचित भएका छन् । बाँकी सदस्यहरु कार्यसमितिको बैठकले मनोनयन गर्ने निर्वाचन समितिका सचिव छत्र वनेमले जानकारी दिए ।

अधिवेसनमा नयाँ कार्यसमिति चयन गर्नका लागि बसन्त गुरुङको संयोजकत्वमा छत्र वनेम सदस्यसचिव र टंक यङदेन सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

अधिवेसनको उद्घाटन सत्र अध्यक्ष अमृता पालुङवाको अध्यक्षतामा भएको थियो । सचिव रत्न लाबुङको सञ्चालनमा भएको सो सत्रमा विभिन्न प्रतिवेदन पारित गरिएको थियो भने छिमेकी जिल्लाबाट आएका प्रतिनिधिले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री