प्रधानमन्त्री मेलाई ब्रेक्जिट प्रस्तावमा लज्जास्पद हार, अविश्वास प्रस्ताव दर्ता

प्रधानमन्त्री मे । फाइल तस्विर

लन्डन । धेरैले अनुमान गरेजस्तै ब्रिटिश संसदमा मंगलबार बेलुका भएको मतदानमा प्रधानमन्त्री टेरेजा मेले प्रस्तुत गरेको विधेयक बहुमतले अस्वीकृत भएको छ ।

मंगलबार भएको मतदानमा प्रस्तावको पक्षमा २०२ मत परेको थियो भने विपक्षमा ४३२ मत परयो । सत्तारुढ कन्जर्भेटिभ पार्टीकै सांसदहरुले पनि सो प्रस्तावको विपक्षमा मत हालेका थिए ।

तत्कालै विपक्षी लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको छ ।

आउंदो मार्च २९ तारिखमा ब्रिटेन युरोपेली संघबाट बाहिरिने संबन्धी फ्रेमवर्क सम्झौता गत महिना नै संसदमा मतदानकालागि प्रस्तुत गर्नुपर्ने थियो, तर आफ्नो प्रस्तावको पक्षमा बहुमत नपुग्ने देखेपछि प्रधानमन्त्रीले सो मतदानलाई पर सार्ने निधो गरेकी थिइन् ।

यसबाट ब्रिटेनको राजनीति अरु अनिश्चित बन्न पुगेको छ । बुधबार हुने अविश्वास प्रस्ताव पारित हुन विपक्षसंग पर्याप्त सदस्य संख्या छैन् तर सत्तारुढ दलकै सांसदहरुले प्रधानमन्त्री विरुद्ध मत दिन सक्ने अपेक्षा विपक्षीहरुले गरेको ठानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री