जीवनको परिभाषा

आज म आफैँले बुझ्न सकिनँ
जीवनको परिभाषा के हो भनेर ।

म आफैँले आफूलाई सोध्ने गर्छु
प्रश्न अनि खोज्ने प्रयास गर्छु जवाफ
रातदिन जीवनको परिभाषा खोज्दा खोज्दै
न दिनको भोक, न रातको निद्रा
बढेको बढ्यै छ तनाव ।

जीवनको परिभाषा खोजेर हिँडदा हिँडदै
बितेर जान लागि सक्यो जीवन नै
सुखी सम्बृद्ध जीवनाई बिताउनु
जीवनको परिभाषा नै ।

हुन सक्छ फरक फरक मानिसमा
फरक फरक हुँदोरैछ सोचाइ पनि
सबैलाई थाह नै छ जनम पछि मृत्यु
निश्चित छ भन्ने पनि ।

म त भन्छु जीवन एउटा कमलको फूल हो
जुन कमलको फूल हिलो दलदलमा उम्रिन्छ
अनि फुल्दछ
तर,
त्यही कमलको फूल शुद्ध अनि पवित्र हुन्छ
जीवन त्यो हो शुरुदेखि अन्तिम घडीसम्म
संघर्ष गरिरहन्छ
त्यही शुरुदेखि अन्तिम घडीसम्मको
संघर्षलाई दस्तावेजमा लेखिन्छ
त्यसलाई नै जीवनको परिभाषा भनिन्छ ।

रोज गार्डन, हेमप्स्टेड, लण्डन

प्रतिक्रिया

सम्बन्धित सामाग्री