शनिबार, भदौ ७ २०७६ | Sat, August 24, 2019
नेपालको समय: १९:२० | UK Time: 14:35

बेलायतवासी तामाङ जातीले मनाए ल्होछार

विनेपाली
२०७५ माघ २८ गते २३:०३

लन्डन । बेलायतवासी तामाङ जातीले सप्ताहन्त २८५५ औं फाग ल्हो सोनाम ल्होछार मनाएका छन् । तामाङ समाज यूकेले आइतबार लन्डन हयारो बरो फुटबल क्लबमा गरेको एक कार्यक्रममा बेलायतका विभिन्न शहरबाट सहभागी तामाङ समुदाय आफ्नो महान पर्व ल्होछारमा रमाए ।

धार्मिक पूजा, नेपालबाट आएका राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको गायन, तामाङ सेलो आदि प्रस्तुतिले कार्यक्रम रंगीन बन्यो ।

कार्यक्रम तामाङ समाज यूके अध्यक्ष कुमार स्याङतानको सभापतित्व र एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी फगामी, विशेष अतिथी हाउन्स्लो बरो काउन्सिलर विष्णु गुरुङ, तामाङ सोसाइटी यूके अध्यक्ष अन्जु योन्जन, तामाङ घेदुङ रेडिङ अध्यक्ष प्रेम घिसिङ तामाङ, मेहेन्दो माया यूके महासचिव बम ब्लेन्देन, ला मेहेन्दो तामाङ सोसाइटी अफ लन्डनका उपाध्यक्ष आइतसिंह मान्बा तामाङ, तमु समाज यूके अध्यक्ष शिवचन्द्र गुरुङ, संघीय समाजवादी पार्टी तथा गेसोका धर्म तामाङ, युवा नेता तस्विर लामा, समाजसेवी ध्रुव केसी लगायत अतिथीहरुले ल्होछार शुभकामना दिंदै प्रवासमा आफ्नो कला, संस्कृति जोगाइराख्न यस्ता कार्यक्रम अपरिहार्य भएको बताए ।

कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु यूबी मोनग्रेसा, सुभाष मोक्तान तथा स्थानीय अमृत गुरुङ लामा, बिरु गोम्जा, अनिल गुरुङले विभिन्न गीत गाएर दर्शक नचाए ।

कार्यक्रमको शुरुमा जोया बम्जन, सिमा ब्लोन, जस्मिन लामा, अन्ना स्याङबो लगायतले तामाङ गीत ‘लास्सो 
फ्याफुल्ला’ बोलको स्वागत गीत गाएका थिए ।

आरती बम्जन, सुकु तामाङ, अनु तामाङ, कुमारी तामाङले आकर्षक नृत्य गरे । अनिल स्याङबोको ‘सेलो ल्होछाल मेला’ गीतमा चार युवतीले नाच देखाए । हाउ फन्नी चलचित्रको गीत ‘शिरैमा शिरबन्दी…’ मा सुकु तामाङ, अनु तामाङ र कुमारी तामाङले आफ्नो नृत्य कला देखाए ।

कार्यक्रममा समाजलाई योगदान गर्ने सदस्यहरु र कलाकारहरुलाई प्रशंसा पत्र पनि प्रदान गरियो ।

उक्त कार्यक्रम सञ्चालन अनिश तामाङ वाइवा र उमा डुम्जन तामाङले गरेका थिए । साउण्ड सिस्टम तथा डिजे चांद म्यूजिक वल्डका चांद लामा र विशाल मोक्तानको व्यवस्थापनमा भएको थियो ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक