माल्टामा एनआरएनको ८० औं शाखा

लन्डन । युरोपको पर्यटकीय मुलुक माल्टामा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको तदर्थ समिति गठन भएको छ । मंगलबार एक सय ५० भन्दा बढी गैर आवासीय नेपालीको भेलाबाट तेजबहादुर लिम्बुको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरिएको हो । यो समितिसहित संघको एनआरएनए राष्ट्रिय समिति ८० देशमा फैलिन पुगेको छ ।

समितिको उपाध्यक्षहरुमा रेमलाल खनाल र कृष्ण थापा, महासचिव सन्देश केसी, सचिव शंकर पोखे्रल, कोषाध्यक्ष सदिन पोख्रेल र सहकोषाध्यक्ष सरिता राई चयन भएका छन् । त्यसैगरि, महिला संयोजकमा सुष्मा राई, युवा संयोजक रोशन गिरी र सदस्यहरुमा सुशील अधिकारी, वासुदेव अधिकारी, राजीव दाहाल, शंकर खत्री, कुशकुमारी गुरुङ, महेश्वर श्रेष्ठ, शंकर गुरुङ, मनिता सेढाईं, निरज ढकाल, प्रदीप काफ्ले, शिव शंकर राय, अर्बिन पौडेल, दिपक खनाल, वीरेन्द्र घिमिरे र मनिष अर्याललाई सर्वसम्मत चयन गरेको छ ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त प्रमुख अतिथी थिए । पन्तले नवगठित तदर्थ समितिलाई वधाई तथा शुभकामना दिए । भेलामा केन्द्रिय स-हकोषाध्यक्ष सोम सापकोटा, युरोप संयोजक शिव बरुवाल, बेलायतका व्यवसायी तथा समाजसेवीहरु कमल भण्डारी, पशुपति भण्डारी लगायत एनआरएन अभियन्ताहरुको सहभागिता थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री