काउन्सिलसँगको साझेदारीमा फोर्थ भ्याली नेपाली समाज गठन 

स्कटल्याण्ड । एनआरएन स्कटल्याण्ड राज्य समन्वय समितिका अध्यक्ष मोहन कार्कीको पहल र समन्वय तथा स्थानीय फलक्रिक काउन्सिलसंगको साझेदारीमा फोर्थ भ्याली नेप्लिज एसोसिएसन  गठन भएको छ ।

एसोसिएसनको अध्यक्षमा एनआरएनए स्कटल्याण्डका अध्यक्ष  मोहन कार्की, सचिवमा चन्द्र कश्यप, कोषध्यक्षमा कमला 
ग्रीन र सदस्यहरुमा हेम श्रेष्ठ, दिपेन्द्र श्रीष र सञ्जय खड्का 
रहेका छन् ।

समिति गठन समारोहमा फलक्रिक काउन्सिलका चार्ली हास्टी, मिसेल कनीन्हम, फ्रयांक मक्कोर तथा सेन्ट्रल रिजन इक्वेलिटी काउन्सिल स्कटल्याण्डका लोरा मालिस, अरुण गोपीनाथको उपस्थिति थियो ।

समितिका अध्यक्ष कार्कीले स्थानीय फलक्रिक काउन्सिल र स्कटिस सरकारको समन्वयमा एसोसिएसनले कार्यहरु गर्ने बताए । स्थानीय काउन्सिलको साझेदारका रुपमा 
रहेर नेपाली समाज गठन हुनु नौलो कुरा रहेको र समितिलाई काउन्सिलले फन्डिङ्ग गर्न शुरु गरिसकेको कार्कीले बताए । कार्कीले नेपाली हिन्दू मन्दिरका लागि काउन्सिललाई आग्रह गरेको र काउन्सिलले चांडै भवन उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेको बताए ।

काउन्सिलले तत्काल नेपाली समाजलाई वातावरण मैत्री बनाउन साइकलहरु वितरण गर्ने, वातावरण मैत्री कार ड्राइभिङ्गको तालिम दिने पनि उनले जनाए । त्यस्तै सेन्ट्रल रिजन इक्वेलिटी काउन्सिल स्कटल्याण्डसंगको साझेदारीमा हेट क्राइम र डिसक्रिमिनेसन तालिम चांडै शुरु गर्ने योजना पनि छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री