बुधबार, असार ४ २०७६ | Wed, June 19, 2019
नेपालको समय: २२:५० | UK Time: 18:05

नेप्लिज सेफको अधिवेशन अप्रिलमा

विनेपाली
२०७५ फागुन १ गते १२:२९


लन्डन । नेप्लिज सेफ एसोसियसन युकेको दोश्रो राष्ट्रिय अधिबेशन आगामी अप्रिल महिनामा हुने भएको छ ।
हालै यहाँ बसेको नेपाली सेफहरुको बैठकले बेलायतस्थित लन्डनको भेन्यू फाइभमा दोस्रो अधिवेशन गर्न लागेको हो ।

नेपाली सेफहरुको साझा संगठन नेप्लिज सेफ एसोसियसनको राष्ट्रिय अधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति चयन गर्नेछ । एसोसियसनले नेपाली सेफहरुको हकहित र सिप अभिबृद्धिका लागि यूकेमा काम गर्दै आइरहेको छ ।

एसोसिएसनका अध्यक्ष कृष्ण तिमल्सेनाका अनुसार अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । उनले सवै सेफहरुलाई आफ्नो हक अधिकारका लागि संगठित हुन र कार्यक्रममा भाग लिन अनुरोध गरेका छन । तिमल्सेनाका अनुसार सहमतिमै नेतृत्व चयन हुनेछ । एसोसियसनले  निर्वाचन कार्यतालिका यसै साता सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक