भ्यालेन्टाइनका अवसरमा एभरग्रीन ग्रुपको च्यारिटी डिनर

लन्डन । एभरग्रीन ग्रुप (इजीजी) बेजिङ्गस्टोकले सन् २०१२ बाट नियमित गर्दै आएको भ्यालेन्टाइन च्यारिटी डिनर २०१९ गत शनिबार अल्डरसटस्थित प्यालेसमा सम्पन्न गरेको 
छ ।

सांझ करिब ६ बजेबाट अतिथीहरुको आगमन शुरु भएको सो कार्यक्रमको औपचारिक शुभारम्भ मेजर खुशीमान गुरुङ्गले स्वागत अभिवादन गर्दै गरेका थिए । बेलायत बसे पनि नेपालीहरुले नेपाली समय र नेपाली कार्यक्रम 
सञ्चालनको शैली भने निरन्तरता दिइ नै रहेको पाइन्छ । अर्थात निर्धारित समयमा कार्यक्रम विरलै शुरु हुने अनि शुरु भए पश्चात उही भाषण, आसन र खादा ग्रहणमा अत्यधिक समय खर्चेर दर्शकदीर्घालाई अत्यार लाग्ने 
प्रवृत्ति कायमै राख्दै आएका छन् । तर, एभरग्रीन ग्रुपको कार्यक्रम सञ्चालनको शैली भने सो भन्दा पृथक रहंदै आएको छ । अर्थात भाषण र आसन ग्रहण नगरी समग्रमा सम्पूर्ण अतिथीलाई स्वागत अभिवादन टक्रयाएर कार्यक्रमको औपचारिक शुभारम्भ गर्ने गरेका छन् ।

मेजर खुशीमान गुरुङ्गले स्वागत अभिवादनको क्रममा एभर ग्रीन ग्रुपको परिचय र कसरी सो ग्रुपले भ्यालेन्टाइन च्यारिटी डिनरको शुभारम्भ गरेर सोलाई निरन्तरता दिइरहेका छन् अनि हाल सम्म क कसलाई सहयोग प्रदान गरियो भन्नेबारे प्रकाश पारेका थिए । हालसम्म सो ग्रुपले दिलशोभा श्रेष्ठको आमाघर, लवप्रसाद बाल गृह, बुंगमति अपांग सेवा संघ, 
रक्षा नेपाल, नेपाल तेक्वान्डो एकेडेमी, बौद्ध अर्घौं सदन, तमु प्रतिष्ठान नेपाल, सहारा एकेडेमी पोखरा, एकल महिला 
संघ, पोखरा, माया मगराती, धर्मकाया बुद्ध मन्डला, रबि लामिछाने मुसहर वस्ती निर्मार्णार्थ, तेक्वान्डो खेलाडी विवेक श्रेष्ठ, राधा पौडेल फाउन्डेशन र चार भन्ज्याङ्ग समाज रहेको मेजर गुरुङ्गले प्रष्ट पारे । सोही क्रममा उनले यो पटकको सहयोग रकम ३ वटा संस्थाहरु शिव कल्चरल मन्दिर (अल्डरसट), श्रीनेहा पोखरेलद्वारा संचालित नेपाल स्नेही काख, सात दोबाटो, काठमान्डौं र पोखराको कुडंहर आधारभूत विद्यालयको दृष्टिबिहीन शाखालाई प्रदान गरिने बताए । सो संस्थाहरुबारे पावर प्वोइन्टमा प्रेजेन्टेसन गरिएको थियो । शिव कल्चरल मन्दिरबारे बाचस्पती रेग्मीले प्रकाश पारेका थिए भने नेपाल स्नेही काख र कुडंहर आधारभूत विद्यालयको दृष्टिविहीन शाखाबारे सुधा गुरुङ्गले प्रकाश पारेकी थिइन् ।

श्रीनेहा पोखरेलले आफू केवल १५/१६ वर्षकी हुंदा सन् २०१० मा नेपाल स्नेही काखको स्थापना गरेकी थिइन् । जहां उनले मानसिक संतुलन गुमाएका महिलाहरुलाई सडकबाट उद्दार गर्ने गर्छिन् साथै तिनीहरुबाट जन्मेका, विक्षिप्त अवस्थामै बलात्कृत भई तिनीहरुबाट जन्मेका बेवारिसे बच्चाहरुलाई आश्रय दिएकी छन् । उनको संस्थामा २९ जना १५ देखि ६० वर्ष सम्मका महिला र ७ जना बालबालिका छन् । त्यस्तै कुंडहरको स्कुलमा अध्ययनरत १० जना होनहार दृष्टीबिहिन बालबालिकाको निम्ति स्टडी रुम निर्माणका लागि सहयोग रकम प्रदान गरिन लागेको गुरुङ्गले बताएकी थिइन् । ती दुबै स्थानमा सुधा गुरुङ्ग आफैं नेपाल गएका बेला स्थलगत भ्रमण गरि विस्तृत जानकारी लिएकी थिइन् ।

टिपनटापनका साथ पावर प्वइन्टमा प्रेजेन्टेशन 
हेर्दै भावविभोर भएका अतिथीहरुले ती संस्थाहरुप्रति थप सहयोग प्रदान गरेका थिए जसमा अग्रपंक्तिमा थिए तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङ्ग र सन्ध्या गुरुङ्ग । यी दम्पतीले नेपाल स्नेही काखलाई रु एक लाख सहयोग प्रदान गरे । त्यस्तै हर्क र जगना गुरुङ्गले दुई सय पाउन्ड स्नेही काख र दृष्टिबिहीन शाखालाई, उत्तर गुरुङ्गले दृष्टिबिहीन शाखालाई एक सय पाउन्ड, चार भन्ज्याङ्ग समाजले एक सय पाउन्ड, क्याम्बर्ली अफिसर्स टिमले एक सय पाउन्ड, आर एन एस स्यान्डर्स अफिसर्स टिमले एक सय पच्चीस पाउन्ड, बिसीसी यूकेले एक सय पाउन्ड, लेफ्टीनेन्ट नारायण गुरुङ्गले तीस पाउन्ड, दुर्गी र मोहन गुरुङ्गले तीस पाउन्ड (दृष्टि बिहीन शाखा), नरजङ्ग गुरुङ्ग, रेडिङ्ग पच्चीस पाउन्ड, सोम र बबिता पच्चीस पाउन्ड, प्यालेस रेस्टुरेन्ट ५० पाउन्ड र शान्ति थापा कुंवरले एक सय पाउन्ड सहयोग प्रदान गरे ।

सो अलावा आफू कारणबश उपस्थित हुन नसके पनि सहयोग रकम प्रदान गर्ने सह्दयी दाताहरुको जमात पनि ठूलै थियो । साथै १० कपलको समिश्रण एभर ग्रीन ग्रुपले सदाझैं पांच सय पाउन्ड प्रदान गरे । च्यारिटी भने पछि निस्वार्थ सेवाभावले गरिनु पर्ने र फ्रीमा कसैले पनि खान नहुने मान्यता आफ्नो ग्रुपमा रहेको जानकारी दिंदै सुधा गुरुङ्गले उनीहरुले बेजिङ्गस्टोक समाजमा पनि सो परम्परा कायम राखेको कुरा प्रष्ट पारिन् । इजीजीका १० जोडीमा मेजर खुशीमान/इन्द्र गुरुङ्ग, ज्ञान /मिठु गुरुङ्ग, क्याप्टेन ईन्द्र/सुशिला गुरुङ्ग, बल/सुनिता थापा, लालप्रसाद/सुधा गुरुङ्ग, क्याप्टेन अशोक/रमन सेन, कमल/पूनम गुरुङ्ग, विजय/चन्द्र गुरुङ्ग, मैतसिङ्ग/ज्योती गुरुङ्ग र अर्जुन/सुनिता लम्साल छन् ।

उक्त च्यारिटी डिनरमा प्रतिवद्धता रकम आउन बांकी नै छ । लगभग ७ लाख रुपैयां हाराहारी संकलन भएको ग्रुपले जनाएको छ । ३ वटा संस्थालाई सहयोग प्रदान गर्नका लागि छानिए पनि सोचे भन्दा बढी रकम संकलन भएकोले अन्य थप २ वटा संस्थालाई सहयोग प्रदान गरिने सुधा गुरुङ्गले बताइन् ।

प्रेजेस्टेशन पश्चात सदाझैं यूकेका कुमार सानु, सपन इन्टरटेन्मेन्टका सपन राईको लाइभ गीत संगीतले सबैलाई मन्त्रमुग्ध बनाउन सफल भयो । साथमा नेपालबाट आएका २ महिला कलाकार रुबी गौली र आंचल लामाले थप मनोरन्जन दिलाए । त्यस्तै स्थानीय प्रतिभाहरु 
इजीजी सदस्य एवं पूर्व तमुधि यूके अध्यक्ष कमल गुरुङ्ग, जीवन गुरुङ्ग र रामभगत गुरुङ्गले पनि गीत प्रस्तुत गरेका थिए ।

स्वादिष्ट भोजन पश्चात भ्यालेन्टाइन वीकमा जन्मदिन परेका केही पाहुनाहरु, सुनिल राना, सहाराका अध्यक्ष मीन गुरुङ्ग र पूर्व एनआरएनए अध्यक्ष योगेन क्षेत्रीकी धर्मपत्नी रीता क्षेत्री र १४ फेब्रुरीका दिन वेडिङ्ग एनिभर्सरी पर्ने 
एनआरएनए आइसीसी सदस्य शान्ति कुंवर र उदय कुवरलाई स्टेजमा निम्त्याएर सरप्राइज केक काटेर बधाई ज्ञापन गरि रमाइलो गरिएको थियो । सो केक बिएनसी गोर्खा ग्रोसरीका प्रोप्राइटर एवं इजीजी सदस्य बल थापाले स्पन्सर गरेका थिए । त्यस पश्चात आ आफ्ना भ्यालेन्टाइनलाई मेजर खुशीमान गुरुङ्गको निर्देशन अनुसार युगल जोडीहरुले गुलाफको फुल प्रदान गर्दै माया साटासाट पनि गर्नुका साथै युगल जोडीले रमाइलो गेममा पनि सहभागी भई भरपुर मनोरञ्जन लिए । कार्यक्रमको मध्येमा ‘राफल ड्र’ पनि गरिएको थियो ।

कार्यक्रम सक्नु अघि नेपालबाट आएका गायिकाद्वयलाई इजीजीका तर्फबाट मायाको चिनो प्रदान गरि सामूहिक कक्टेल डान्स पश्चात करिब १२ बजे कार्यक्रम समाप्त भएको थियो ।

अन्तमा समस्त सहभागी अतिथीहरु, आफू आउन नसके पनि डोनेसन दिएर सहयोग पुरयाउने दाताहरु, फ्लोरमै थप डोनेसन प्रदान गर्ने दाताहरु, फोटो पत्रकार मिलन तमु, शीतल पाटी डट कमका पत्रकार वाचस्पती रेग्मी लगायत प्यालेस टिम र निरन्तर साथ दिंदै आएका सपन राई र 
मञ्जु राईप्रति एभर ग्रीन ग्रुपका तर्फबाट मेजर खुशीमान गुरुङ्गले हार्दिक धन्यवाद ज्ञापन गरेर कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री