लन्डन आइपुगे अर्थमन्त्री डा. खतिवडा

लन्डन । नेपालका अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिउसो लन्डन उत्रिएका छन् । मन्त्री खतिवडा लन्डनस्थित नेपाली दूतावासले २२ फेब्रुअरीका दिन दूतावासमा गर्न लागेको ‘नेपाल विकास सम्मेलन’ मा प्रमुख वक्ताका रुपमा सहभागी हुन लन्डन आएका हुन् ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष अर्थशास्त्री डा. खतिवडाले सम्मेलनमा नेपाल सरकारको वैदेशिक लगानी नीति र वर्तमान अवस्थाबारे बेलायतका व्यापारीलाई जानकारी दिने अपेक्षा गरिएको छ । नेपाल सरकारले आउंदो महिना नेपालमा लगानी सम्मेलन गर्ने घोषणा गरिसकेको अवस्थामा बेलायती व्यापारीहरुलाई उक्त सम्मेलनमा आकर्षित गर्ने उद्देश्य पनि अर्थमन्त्रीको रहेको जनाइएको छ ।

अर्थमन्त्री डा. खतिवडा बुधबार सांझ नै एनआरएनए यूकेले लन्डनमा गरेको अन्तरक्रियामा सहभागी भए । दुई दिन लन्डनमा रहंदा उनले डिएफआइडी मन्त्रीसहित केही बेलायती उच्च पदस्थ पदाधिकारीहरुलाई समेत भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री