लण्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स युकेले लण्डनको ब्ल्याकहीथस्थित एभरेस्ट इन् रेस्टुरेन्टमा एक दिने तालिम गरेको छ ।
Geographic Information System (GIS) सम्बन्धि सो तालिममा लन्डन र आसपासका विभिन्न विधाका १५ जना इन्जिनियरहरुको सहभागिता थियो ।
समाजका सदस्य तथा उक्त कार्यक्रमका संयोजक बेद भट्टराइले संचालन गरेको कार्यक्रममा GIS बिज्ञ डा. बिदुर घिमिरेले सहभागीहरुलाई तालिम दिएका थिए । सो कार्यक्रममा GIS को इन्जिनियरिङ्ग एप्लीकेसन, बिभिन्न सफ्टवेयरहरुका बीचको अन्तरसम्बन्ध लगायत यसको Intensive application को चर्चा गरिएको थियो ।
समाजका वरिस्ठ सदस्य तथा सल्लाहकार के. के. श्रेष्ठले यस किसिमका कार्यक्रम इन्जिनियर समुदायका लागि अति उपयोगी हुने धारणा राख्नुका साथै अनुभव आदानप्रदान तथा पुनर्ताजगी कार्यक्रमको बिशेषता रहेको बताए । कार्यक्रम संयोजक भट्टराइले आगामी दिनमा AutoCAD, Primavera, Revit, Visual Basic, BIM लगायतका तालिमहरु संचालन गरिने जानकारी दिए ।
समाजका अधक्ष शैलेन्द्र श्रेष्ठले आगामी दिनहरुमा पनि सबैका लागि उपयोगी हुने तालिम संचालन गरिने जानकारी गराउँदै ट्रेनिङ टिम लगायत सबै सहभागीहरुलाई धन्यबाद सहित प्रमाण पत्र बितरण गरेका थिए।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई