सोमबार, भदौ २ २०७६ | Mon, August 19, 2019
नेपालको समय: ०९:४३ | UK Time: 04:58

नेपाली सेफहरु धमाधम सदस्यता लिंदै

८ अप्रिलमा नयाँ कार्यसमिति

विनेपाली
२०७५ फागुन २७ गते १७:२५

लन्डन । नेप्लिज सेफ एसोसियसन यूके दोस्रो राष्ट्रिय अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको छ । बेलायतमा कार्यरत नेपाली सेफहरुको साझा संस्थाका रुपमा रहेको नेप्लिज सेफ एसोसियसनले आगामी ८ अप्रिलमा नयाँ नेतृत्वसहित कार्यसमिति चयन गर्न लागेको हो ।

लन्डनस्थित भेन्यू फाइभमा हुने अधिवेशनले सहमतिमै नेतृत्व चयन गर्ने एसोसियसनका अध्यक्ष कृष्ण तिमल्सेनाले बताए । एसोसियसनले नेपाली सेफहरुको हकहित र सिप अभिबृद्धिका लागि यूकेमा काम गर्दै आएको छ ।

बेलायतभर कार्यरत नेपाली सेफहरु धमाधम सदस्यता लिंदै संगठित हुने कार्य भैरहेको एसोसियसनका उपाध्यक्ष दधि आचार्यले जनाए । उनले यूकेमा रहेका सेफहरुलाई आफ्नो हक अधिकारका लागि संगठित हुन र कार्यक्रममा भाग लिन अनुरोध समेत गरे । एसोसियसनले तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक