बिहीबार, जेठ ९ २०७६ | Thu, May 23, 2019
नेपालको समय: ०८:५२ | UK Time: 04:07

लन्डनमा सुतेकै अवस्थामा बितेका रानाको शव नेपाल 
लैजान पर्वतेहरु जुटे

विनेपाली
२०७५ फागुन २७ गते २१:२८

लन्डन । साउथ हयारो लन्डनस्थित निवासमा सुतेकै अवस्थामा बितेका युवा लेखबहादुर रानामगरको शव नेपाल लैजान पर्वत वेलफेयर सोसाइटी यूकेले आर्थिक संकलन अभियान अगाडि बढाएको छ । पर्वत पैयू गाउंपालिका घर भइ लन्डन बस्दै आएका २९ वर्षीय रानामगरको यहां आएको तीन महिना नबित्दै गत २२ फेब्रुअरीमा निधन भएको थियो । परिवारले उनको पार्थिव शरिर नेपाल लगेर दाहसंस्कार गर्ने जनाउंदै सहयोग याचना गरेपछि सोसाइटीले पनि आर्थिक सहयोगमा तत्परता देखाएको हो ।

सोसाइटीका कोषाध्यक्ष सुरज पौडेलले चन्दा संकलन शुरु भएको 
जनाउंदै तल उल्लेखित बैंक खातामा सहयोग गरिदिन बेलायतमा रहेका पर्वतवासी तथा समस्त नेपालीसमक्ष अपिल गरेका छन् ।

यसैबीच, पर्वत वेलफेयर सोसाइटी यूकेले नेपाली नयां वर्ष विशेष समारोहबीच मनाउने भएको छ । सोसाइटीको आइतबार एम्पायर हलमा सम्पन्न कार्यसमिति बैठकले आगामी ४ मे, २०१९ मा नेपाली नयां वर्ष मनाउने निर्णय गरेको महासचिव भरत पौडेलले जनाए ।

नेत्र आलेको अध्यक्षतामा सम्पन्न भएको बैठकले नयां वर्ष कार्यक्रममा नेपालबाट राष्ट्रिय कलाकार कुलेन्द्र बिक र कृष्ण अखेलीलाई निम्त्याउने निर्णय गरेको छ ।

बैठकमा सोसाइटीका निवर्तमान अध्यक्ष दधी आचार्यलाई औपचारिक विदाइ समेत गरिएको थियो ।

रानामगर परिवारलाई सहयोग गर्न-

Account name- PWS

Sort Code- 20 -54- 25

Account- 53190536

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक