बिहीबार, चैत ७ २०७५ | Thu, March 21, 2019
नेपालको समय: ०१:३० | UK Time: 19:45

ब्रेक्जिट ‘डिल’ संसदबाट फेरि अस्वीकृत

विनेपाली
२०७५ फागुन २९ गते १०:५१

Teresha May

लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले युरोपेली संघबाट ब्रिटेन बाहिरिने सम्बन्धमा संसदमा निर्णयार्थ राखेको प्रस्ताव दोश्रो पटक पनि बहुमत सांसदहरुले अस्वीकार गरि दिएका छन् ।

यसले गर्दा १७ दिन पछि ब्रिटेन ईयूबाट बाहिरिने छ वा छैन् भन्ने बारेको अनिश्चय अरु बढेको छ ।

बेलायती संसद हाउस अफ कमन्समा मंगलबार ३९१ सांसदहरुले प्रस्तावको विपक्षमा मतदान गरे भने २४२ जना संसदहरुले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
प्रधानमन्त्रीकै दल कन्जरभेटिभका ७५ सांसद र अर्को सत्तारुढ दल डेमोक्रयाटिक युनियनिष्टका १० सांसदले प्रधानमन्त्री मेको विरुद्ध मत हालेका थिए ।

संसदमा हारपछि प्रधानमन्त्री मेले भनिन्, ‘सदनले आज राती गरेको निर्णयप्रति मलाई खेद छ तर हामीले युरोपेली संघसंग गरेको यो सम्झौता बेलायतको हितमा छ र वास्तवमा यो एक मात्रै बाटो हो भन्नेमा म विश्वस्त छु ।’

गत जनवरी महिनामा पनि प्रधानमन्त्री मेले राखेको प्रस्तावलाई बहुमत संसदहरुले अस्वीकार गरिदिएका थिए ।

प्रधानमन्त्री मेले अब बिना कुनै सम्झौता २९ मार्चमा ईयू छाड्ने कि नछाड्ने भन्ने विषयमा संसदमा मतदान गराइने बताएकी छिन् ।

यदि बुधबार हुने मतदानमा बिना कुनै सम्झौता २९ मार्चमा ईयू छाड्ने भन्ने प्रस्ताव अस्वीकृत भएमा बिहिबार धारा ५० को म्याद बढाउने प्रस्तावमा मतदान गराइने पनि प्रधानमन्त्रीले बताएकी छन् । उनले यो विषय ब्रिटेनको भविष्यका लागि अत्यन्तै गम्भीर महत्वको भएको पनि जनाइन् ।

उनले आफ्नो दलका संसदहरुलाई बिना कुनै सम्झौता २९ मार्चमा ईयू छाड्ने कि नछाड्ने भन्ने विषयमा स्वतन्त्र रुपमा मतदान गर्न दिइने पनि बताइन् ।

धारा ५० मा कुनै सदस्य मुलुकले कसरी ईयू छाड्न सक्छन् भन्ने उल्लेख छ ।

यसैबीच ब्रिटेनको मुख्य विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बिनले देशमा आमचुनाव गराउन आव्हान गरेका छन् । उनले भने, ‘आजको मतदानमा पनि सरकार भारी मतले पराजित भएको छ र संसदको विश्वास गुमाएको छ । त्यसैले ताजा जनादेश लिनुको अब कुनै विकल्प छैन् ।’

ब्रेक्जिट सम्बन्धि ईयूका मुख्य वार्ताकार मिसेल बार्नियेले एक ट्वीट् गर्दै भनेका छन्, ‘ईयूले आफ्नो तर्फबाट सक्दो सहयोग गरेको हो । अब यो विषयलाई यूकेले मात्रै सुल्झाउन सक्छ ।’

युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कका प्रवक्ताले ‘नो डिल’ को सम्भावना बढेको बताएका छन् । ‘दुवै पक्षबीच गत नोभेम्बरमा भएको सम्झौता संसदबाट पारित गराउन बेलायत सरकार असफल भएबाट हामी निराश छौं’, टस्कका प्रवक्ताले भनेका छन्, ‘हामीले हाम्रो तर्फबाट सम्भव भएसम्म प्रयास 
गरयौं । तर, मंगलबार सांझको मतदान परिणामले बिना सम्झौता बाहिरिने सम्भावना बढेको छ, हामी यसका लागि तयार रहनेछौं ।’

प्रधानमन्त्री मे अन्तिम समयसम्म पनि ब्रेक्जिट डिल पारित गराउने कसरतमा लागेकी थिइन् । मेले सोमबार फ्रान्सेली शहर स्ट्रासबर्गमा युरोपेली युनियनका वरिष्ठ अधिकारीहरुसंग छलफल गरि कानुनी प्रत्याभूतिका विषयमा महत्वपूर्ण सहमति भएको बताएकी थिइन् । ब्रेक्जिट सम्झौताका लागि युरोपेली युनियनबाट ‘कानुनी रुपमा वाध्यकारी प्रत्याभूति’ प्राप्त भएको मेको भनाई थियो ।

पछिल्लो प्रस्तावित सम्झौतामा युरोपेली युनियनको सदस्य 
राष्ट्र आयरल्यान्ड र बेलायती राज्य उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने वा नराख्ने विषय खुला 
राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक