दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ अध्ययनका लागि यूरोप पठाइने

अदिस अबाबा, इथियोपिया, २९ फागुन – इथियोपियाले दुर्घटनाग्रस्त इथियोपियन एअरलान्सको बोइङ ७२७ म्याक्स विमानको ब्लाक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका लागि यूरोप पठाउने निर्णय भएको विमान कम्पनीका प्रवक्ताले बुधबार जानकारी गराउनुभएको छ ।

आइतबार चालकदलका सदस्यसहित १५७ जना लिएर उडेको केही मिनेटमै विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको थियो । विमानमा विभिन्न ३५ देशका यात्रुहरू रहेको कम्पनीले जानकारी गराएको छ ।

प्रवक्ता असरत वेगासाले भन्नुभयो, “हामीले ब्लाक बक्सको विश्लेषणका लागि यूरोप पठाउने निर्णय गरेका छौँ । तर कुन देशमा पठाउने भन्ने बिषयमा सम्बन्धित देशको अनुमतिपश्चात सार्वजनिक गरिनेछ । हामीले अहिलेसम्म यही देश पठाउने भन्ने अझै टुङ्गो लागेको छैन ।”

यस पहिले विमान कम्पनीले ब्लाक बक्स अध्ययनका लागि आफूहरूसँग सामग्री नभएको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री