मेडस्टोन टाउनबाट काउन्सिलर पदमा चुनाव लड्दै खड्का

लण्डन । मेडस्टोन नेपाली समाजका पूर्व सचिव दिनेश खड्का मेडस्टोन टाउनबाट काउन्सिलरको पदमा चुनाव लड्न लागेका छन् ।
आउँदो मे २ तारिखमा हुन गइरहेको स्थानीय चुनावमा काउन्सिलर पदमा चुनाव लड्न उनलाई लिबरल डेमोक्र्याट पार्टीले छनोट गरेको छ  ।
स्थानीय सामाजिक काममा सक्रीय खड्काले सन् २०१० मा लिबरल डेमोक्र्याट पार्टीको सदस्यता लिएका थिए । सो पार्टी नेपाली तथा गोर्खा लगाएतका आप्रवासी समुदायप्रति उदार ठानिन्छ ।
ब्रिटिश खाद्य उद्योगमा गएको १४ वर्ष देखि खाद्य प्राविधिक तथा व्यवस्थापकको रुपमा काम गर्दै आएका खड्काले अहिले ग्रीनविच विश्वविद्यालयबाट पीएचडी पनि गरिरहेका छन् । उनले सोहि विश्वविद्यालयबाट खाद्य सुरक्षा तथा गुणस्तर व्यवस्थापनमा मास्टर्स गरेका थिए ।
दाङ, सतबरिया घर भएका खड्का राप्ती समाज युकेका सचिव पनि हुन् । “मैले यो चुनावमा पार्क लगाएतका खुला स्थलहरुको सुरक्षा गर्ने, स्थानीय समुदायको तर्फबाट आवाज उठाउने तथा वायु प्रदूषण घटाउने जस्ता मुख्य मुद्दाहरु उठाई रहेको छु”- उनले भने।
उनले अहिलेसम्म स्थानीय जनताकोतर्फबाट राम्रो प्रतिक्रिया पाईरहेको बताउंदै सबैलाई सहयोगका लागि अपिल पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री