हेल्प नेपाल नेटवर्क युकेले २० औं वार्षिकउत्सव मनाउने

लण्डन  हेल्प नेपाल नेटवर्क युकेले आफ्नो स्थापनाको २० वर्ष पुरा हुन लागेको अवसरमा लन्डनमा एक कार्यक्रम गर्ने भएको छ ।

आउँदो ९ एप्रिल बेलुका लन्डनका मेयरको अफिस, सिटी हलमा हुने सो कार्यक्रममा बेलायतकालागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी प्रमुख अतिथिको रुपमा सहभागी हुने नेटवर्कले जनाएको छ। कार्यक्रममा हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले पनि प्रस्तुति गर्नु हुनेछ ।

“मातृभूमिको लागि महिनामा एक पौण्ड वा एक डलर” भन्ने नारा दिएर सन् १९९९ मा बेलायतबाट स्थापित नेटवर्कको हाल नेपाल लगायत १४ मुलुकमा शाखा छन् । नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपतकालीन मानवीय सहायता लगायत क्षेत्रमा सहयोग पुराउँदै आएको छ।

“हाम्रो स्थापनाकाल देखि नेपालमा विपन्न समुदायका लागि सेवा पुराउने हाम्रो अभियानमा सहयोग गर्दै आएका सबै सहयोगीप्रति हामी यस  अवसरमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं।  आगामी दिनमा पनि तपाईहरुबाट  यस्तै माया र सहयोग पाईरहने हामीले विश्वास लिएका छौं,”  हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष डा. प्रणव ज्ञवालीले भने ।

 नेटवर्कका कामहरुबारे थप जानकारी www.helpnepal.net मा गएर पाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री