हजारौंको दौडमा नेपाली झण्डा फहराउंदा…

लन्डन ।नेप्लीज व्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले भिजिट नेपाल २०२० को प्रचारसहित हाफ म्याराथन पुरा गरेको छ ।
गत १७ मार्च आइतवार लन्डनस्थित हामटन कोर्ट प्यालेस हाफ म्याराथनमा नेपाली धावकहरुले भिजिट नेपालको नारासहित दौड पुरा गरेका हुन् । नेप्लीज व्रिटिश कम्युनिटी यूकेको संयोजन तथा सहयोगमा भाग लिई दौड पुरा गर्ने नेपाली धावकहरुलाई नेपाली झण्डा र टिसर्ट प्रदान गरी हौसला दिन बेलायतस्थित नेपाली राजदूतावासका प्रतिनिधि तेजेन्द्र रेग्मी र संस्थाका अध्यक्ष मिलन घिमिरे पुगेका थिए ।

उक्त म्याराथनमा सहभागी नेपाली धावकलाई हौसला दिन संस्थाका अन्य सदस्यहरु तथा नेपालीहरुको उल्लेख्य उपस्थित थियो । नेपालको पर्यटन विकासका लागि नेपाल सरकारले भिजिट नेपाल २०२० घोषणा गरिसकेको छ ।

उक्त दौडमा एनबीसी यूके खेलकुद विभाग प्रमुख राजेन्द्र ओझा, अन्जु सिग्देल, दामोदर आचार्य, मुकुन्द नेपाल, समिरनाथ प्याकुरेल, राघव नेपाल, लेखनाथ घिमिरेलगायत १५ जनाले दौड पुरा गरेका थिए । म्याराथनमा सहभागी भएपनि खुट्टामा समस्या आएपछि बसन्त नेपाल र कमल लिम्बुले बीचमै छाड्नु परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री