निर्वाचनको सङ्घारमा पुटिनद्वारा देशभरका क्षेत्रीय प्रशासक हेरफेर

तस्विर एएफपी

मस्को, रूस, ७ चैत – स्थानीय निर्वाचनको सङ्घारमा आएर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशभरका क्षेत्रीय प्रशासकलाई परिवर्तन गर्नुभएको छ ।

राष्ट्रपतिको निर्णय प्रति विमति जनाउँदै बिहीबार दुई प्रशासकले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपतिको निर्णयले निर्वाचन स्वच्छ तथा स्वतन्त्र हुने वातावरण नदेखिएको बताउँदै यसअघि पनि तीन प्रशासकले राजीनामा दिइसकेका थिए ।

रूसमा आगामी सेप्टेम्बर महिनामा स्थानीय तहको निर्वाचन हुने कार्यक्रम रहेको छ ।

गभर्नरका रूपमा विगत नौ बर्षदेखि उराल हिमालयको दक्षिणी क्षेत्रमा अवस्थित ओरेनवर्ग क्षेत्रमा विगत नौ बर्षदेखि काम गर्दै आएका यूरी वर्गले राजिनामापछि सरकारको निर्णय निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यबाट आएको भन्दै यस्तो अवस्थामा आफूले सरकारलाई सहयोग गरिरहन नसक्ने बताएका छन् ।

आर्कटिक मारिना कोभ्तुनको मुर्मान्स क्षेत्रका सन् २०१२ देखि प्रमुख अर्का एक प्रशासकको पनि बिहीबार राजिनामा आएको छ ।

उक्त स्थानमा सरकारले नयाँ प्रशासकलाई पठाइसकेको रूसी प्रशासन केन्द्र क्रेम्लिनले जनाएको छ ।

रूसबारे राजनीतिक जानकारहरूले आर्थिक विकासबारे रूसमा बढ्दो सामाजिक असन्तुष्टिले सेप्टेम्बरमा गर्न लागिएको स्थानीय निर्वाचनमा पुटिनको यूनाइटेड रसिया पार्टीलाई यस पहिलेका निर्वाचनको तुलनामा निकै कठिन बनाएको बताएका छन् ।

राजनीतिक विश्लेषक अलेक्जेण्डर काइनेभले भन्नुभयो, “संघीय केन्द्रले क्षेत्रलाई बलियो बनाउन चाहन्न र डराउँछ किनकि उनीहरू आँफैमा मजबुत बनेमा उनीहरूले स्वतन्त्र राजनीतिक बाटो अगाल्न सक्ने भन्दै यसमाथि नियन्त्रण गर्ने प्रयासस्वरूप निर्वाचनको सङ्घारमा प्रशासकलाई हेरफेर गरी विरोधीको प्रभाव क्षेत्रमा आफूप्रति बफादार प्रशासक पठाउने षड्यन्त्र रचिएको हो ।” यसबाट निर्वाचन परिणाम आफ्नो पकडमा पार्ने लक्ष पुटिन सरकारको रहेको उहाँको दावी छ ।

कानेभले भन्नुभयो, “पूरानो अलोकप्रिय प्रशासकलाई पुनः बहाली गरेर जानुभन्दा सरकारका लागि पनि नयाँ अनुहार पठाउँदा परिणाम आफ्नो पक्षमा पार्न सहज हुन जान्छ ।” परिवर्तन गरिएका प्राय प्रशासक मस्कोप्रति वफादार प्राविधिक रहेका र तोकिएको क्षेत्रको अनुभव नभएका छन् ।

यद्यपि विश्लेषक अलेक्सी मकारिनले शरद्मा हुने निर्वाचनका लागि वसन्तमा सामान्य व्यवस्थापकीय हेरफेर गर्नु रूसको प्रचलन नै रहेको छ ।

तर काइनेभले हेरफेरको दर बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “मस्कोले विगत तीन बर्षमा ४९ क्षेत्रीय प्रशासक (गभर्नर)लाई हेरफेर गरेका छ । जुन असाधारण हो ।”

रूसमा विगत २० बर्षको अवधिमा यस किसिमको परिवर्तन भएको थिएन । सरकारका आलोचकहरूले पुटिन कमजोर बन्दै गएपछि प्रशासकको माध्यमबाट निर्वाचनलाई आफ्नो पकडमा पार्न खोजेको बताएका छन् ।

निर्वाचन आफ्नो पकडमा नहुने देखेपछि पुटिन र उनका सहयोगीले गभर्नरको व्यवस्थालाई सन् २००५ मा हटाएका थिए । तर निर्वाचनमा धाँधली पुटिनको विरोधमा लाखौँको सङ्ख्यामा रयाली हुन थालेपछि सन् २०१२ मा यो व्यवस्थालाई पुनः स्थापित गरी माहोललाई राष्ट्रपतिको पक्षमा ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री