एसइई परीक्षामा सेलिब्रेटीदेखि नेतासम्म

भक्तपुरको गठठाघरस्थित भक्तपुर इङगिल बोर्डिङमा एसइई दिँदै विद्यार्थी । तस्वीर – रोशन सापकोटा, रासस

काठमाडौं, १० चैत – यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आइतबारदेखि शुरु भएको छ । बिहान ८ बजेदेखि भएको पहिलो दिनको परीक्षामा विद्यार्थीले अङ्ग्रेजी विषयको परीक्षा दिए ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यस वर्षदेखि पहिलो पटक संघीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी भएका छन् ।

प्रतिनिधि सभाका सांसद शान्ता चौधरीले दाङको तुलसीपुरस्थित मावि सेन्टर स्कुलबाट परीक्षा दिदै । तस्वीर- नारायणी रजौरे रासस दाङ

एसइई परीक्षामा अहिले सामाजिक सञ्जालतिर चर्चामा रहेका छन् नायिका करिष्मा मानन्धर र नेतृ शान्ता चौधरी । उनीहरुलाई अग्रीम शुभकामना दिंदै सोसियल मिडियामा पढ्न उमेरले नछेक्ने रहेछ भन्ने खालका प्रतिक्रिया आएका छन् ।

नायिका करिष्मा मानन्धर

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री