शुक्रबार, वैशाख ६ २०७६ | Fri, April 19, 2019
नेपालको समय: ०४:२३ | UK Time: 23:38

शिक्षाका लागि बेलायतमा गुन्जदै मिलन र राजनराज

शब्द/तस्विर- कुशल श्रेष्ठ
२०७५ चैत ११ गते २१:३४

लन्डन । नेपाली चलचित्र र सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका मिलन नेवार र गायक एवं संगीतकार राजनराज शिवाकोटीले बेलायतमा सांगीतिक प्रस्तुति दिने भएका छन् । गायक शिवाकोटीको कुटुमा कुटु, सुर्के थैली, पूर्व पश्चिम रेल, गोजीमा दाम छैन् साथै गायिका मिलनको गाला रातै, बट स्लोली, सिरिमा सिरी… लगायत कयौं गीत हिट छन् ।

उक्त ‘मिरा सांगीतिक सांझ’ शहीद स्मृति आवासीय माध्यमिक विद्यालय सुनसरीका द्वन्द्व पीडित बालबालिकाको सहयोगार्थ हुने भएको हो । मिलन च्यारिटी फाउन्डेसन नेपाल, अग्रगामी समूह बेलायत र आदिवासी चलचित्र महासंघ बेलायतको संयुक्त आयोजनामा कार्यक्रम ३० मार्चमा अल्डरसटको द प्लेस 
रेष्टुरेन्ट स्टेशन रोड, ३१ मार्चमा गोल्डेनसीप रेष्टुरेन्ट साउथ हयारो, ६ अप्रिलमा आसफोर्ड र ७ अप्रिलमा द वेयर हाउस सेन्चुरी जक्सन रेडिङ रोड शहरमा हुने गायिका नेवारले बताइन् । गोल्डेनसीपको कार्यक्रम भने निशुल्क हुने सञ्चालक देव गुरुङले जनाएका छन् ।

शहीद स्मृति आवासीय माध्यमिक विद्यालय २०६६ सालमा स्थापना भइ इटहरीको भवानीपुरमा सञ्चालन भइरहेको छ जहां शहीद तथा बेपत्ता परिवारका ४०० असहाय विद्यार्थीले शिक्षा पाइरहेका छन् । शिवाकोटी र नेवार विद्यालयका सद्भावना दूतसमेत हुन् ।
विद्यालयले शहीद, बेपत्ता तथा घाइते परिवारका बालबालिकालाई जीवन निर्वाहमुखी शिक्षा प्रदान गर्दै 
आइरहेको छ ।

उक्त कार्यक्रममार्फत उठेको रकमबाट विद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, सिमान्तकृत, अल्पसंख्यक तथा बहिष्करणमा पारिएका समुदायका बालबालिकालाई पनि शैक्षिक अवसर प्रदान गर्ने लगायतका काम गर्ने उद्देश्य राखिएको छ ।

विशुद्ध पवित्र उद्देश्यका लागि आयोजना गरिएको यस सांगीतिक सांझमा दर्शक तथा स्रोतालाई उत्साहजनक उपस्थितिका लागि मिलनले अनुरोध गरेकी छिन् । गायिका मिलनको यो दोश्रो बेलायत भ्रमण हुनेछ । उनी दर्शक श्रोताको सामिप्यमा आउन निक्कै उत्साहित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक