मगर संघ यूकेले पायो नयाँ नेतृत्व

लण्डन । मगर संघ यूकेको छैठौ अधिवेशनले सुनिल रानाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।  

रानाले २४० मत ल्याएर प्रतिष्पर्धी अनिता राना (१८६ मत) लाई पराजित गरेका हुन् ।  

कुल ४२८ मतदातामा २ मत बदर भएको थियो ।

२१ सदस्यीय नयाँ कार्यसमितिको वरिस्ठ उपाध्यक्षमा सिता पुन, उपाध्यक्षमा राम गलामी र लाल पुन, महिला उपाध्यक्षमा छबी पुन, महासचिबमा रुद्र थापा, सचिवमा सरला राना र कोषाध्यक्षमा होम रोका निर्वाचित भए । 

त्यसै गरी सदस्यहरुमा किशोर राना, सरु राना, निर्मला थापा, गजवीर थापा, डन्ड थापा, रमेश दुरामगर, मोहन थापा, टेक राना र शिव राना निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । ४ पद पछि पदपूर्ति गरिने छ ।  

पुरानो कन्नट स्कुल अल्डरशटमा सम्पन्न अधिवेशनमा महासचिब लाल पुन र कोषाध्यक्ष नेत्र आले तथा १२ शाखाले आ-आफ्नो प्रतिवेदन पेश गरेका  थिए ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री