नेपाली कक्षाको च्यारिटीलाई सांगीतिक बनाउन कलाकार लन्डनमा

लन्डन । नेपाली भाषा तथा सांस्कृतिक केन्द्र (नेपाली कक्षा) वन्टोकले च्यारिटी कार्यक्रमको तयारी पुरा गरेको छ । नेपाली नयाँ बर्ष २०७६ को दिन आइतवार १४ अप्रिलमा लन्डनस्थित ह्यारोमा गरिने कार्यक्रमको तयारी पुरा भएको हो ।

उक्त कार्यक्रमका लागि नेपालबाट तीन जना कलाकार समेत लन्डन उत्रिएका छन् । विहीवार नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका अध्यक्ष सुमन प्रधान, शम्मु आचार्य, उमेश खडका र विकास देवकोटाले कलाकारहरुलाई हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।

बेलायतमा जन्मिएर नेपाली भाषा सिकिरहेका नयाँ पुस्तालाई नेपाली भाषा सिकाउनका लागि नेपाली कक्षा संचालन भैरहेको छ । नयाँ पुस्तालाई नेपाली भाषा र मातृभूमिसँग जोडन सो केन्द्रले लामो समयदेखि नेपाली भाषा कक्षा संचालन गर्दै आएको छ ।

नेपाली कक्षाले गर्ने च्यारिटीलाई सांगीतिक बनाउन कलाकार भूमिका शाह, सहिमा श्रेष्ठ र प्रसन्ना पाण्डेलगायतका कलाकार नेपालबाट आइसकेका छन् । उनीहरुले नेपाली गीत र संगीत मार्फत सो कार्यक्रमलाई मनोरन्जनात्मक बनाउने केन्द्रका अध्यक्ष प्रधानले बताए । त्यसवाहेक नेपाली भाषा सिकिरहेका बालकालिकाको प्रस्तुत समेत रहनेछ ।

नयाँ पुस्तालाई नेपाली भाषासँग जोडने भाषा केन्द्रको कार्यलाई बेलायतस्थित महानुभावले च्यारिटीमार्फत सहयोग गरिरहेको अध्यक्ष प्रधानले जानकारी दिए । यहाँका नेपालीको सहयोगले कार्यक्रम सफल हुने विश्वास  प्रधानलाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री