चितवन परिवार युकेको नयाँ वर्ष शुभकामना कार्यक्रम

लण्डन  । चितवन परिवार युकेले बार्षिक भेटघाट तथा नेपाली नयाँ वर्ष २०७६ शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । गत ६ अप्रिल शनिबार मिचेटस्थित तमु नेपलिज कम्युनिटी सेन्टरमा कार्यक्रम भएको हो ।

चितवन परिवार युकेका अध्यक्ष बलबहादुर लामाको सभापतित्वमा संस्थाका महासचिब निसा शर्माले संचालन गरेको कार्यक्रममा संयुक्त अधिराज्य बेलायतको बिभिन्न स्थानमा रहेका चितवनेहरुको उपस्थिति थियो ।

कार्यक्रममा सचिब धनबहादुर सार्कीले ‘हेल्थ एण्ड सेफ्टि’ बारे जानकारी दिएका थिए भने अध्यक्ष लामाले स्वागत र उपाध्यक्ष मित्रबहादुर गुरुङले धन्यबाद मन्तब्य राखेका थिए ।

विशेष अतिथिको रुपमा चितवन सहयोग संस्था (क्याट युके) का उपाध्यक्ष यादव श्रेष्ठ, पूर्ब अध्यक्ष लोक गुरुङ र गोर्खाका एक बौद्धिक ब्यक्तित्व डा. मित्र परियार उपस्थित थिए । 

उक्त कार्यक्रममा सल्लाहकार शिबशरण गुरुङले उपस्थित सबैलाई नव वर्ष २०७६ को शुभकामना दिए । कार्यक्रममा दक्षिण पूर्वी क्षेत्रिय तमुधिं लण्डनका उपाध्यक्ष सुमन गुरुङ र मेडस्टोन आमा समूहकी अध्यक्ष श्रीमती सकुन गुरुङको पनि उपस्थिति थियो ।   

कार्यक्रमको पहिलो चरणमा सबै आजिवन सदस्यहरुलाई खादा लगाई सम्मान गर्दै चितवन परिवार युकेको लोगो अंकित आजिवन सदस्यता ब्याज बितरण गरिएको थियो । ब्याज बितरणमा परिवारका सबैभन्दा जेष्ठ नागरिक तथा सदस्य जुमबहादुर गरुङ, सल्लाहकार शिबशरण गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार डम्बरबहादुर गुरुङ, पूर्ब अध्यक्ष तथा सल्लाहकार धान लामा र निबर्तमान अध्यक्ष काजी गुरुङ सहभागी थिए । 

विशेष अतिथि चितवन सहयोग संस्था (क्याट युके) का उपाध्यक्ष यादव श्रेष्ठ, पूर्व अध्यक्ष लोक गुरुङ र बौद्धिक ब्यक्तित्व डा. मित्र परियारलाई परिवारका अध्यक्ष बलबहादुर लामाले खादा लगाई स्वागत तथा सम्मान गरे ।

यसैगरी संस्थाका नयां सदस्यहरु, गत शैक्षिक सत्रमा सफलतापूर्वक उच्च शिक्षा हाँसिल गरेका बिद्यार्थी, बिभिन्न क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त ब्यक्तित्वहरु, चन्दादाता, ‘राफल ड्र’ पुरस्कारका प्रायोजक र कार्यक्रममा निशुल्क पेय पदार्थ उपलब्ध गराउने प्रायोजकहरुलाई पनि अध्यक्ष लामाले खादा लगाएर सम्मान गर्दै बधाई तथा धन्यबाद ब्यक्त गरेका थिए ।

विगत देखि वर्तमानसम्म चितवन परिवार युकेको हरेक कार्यक्रम र संस्था संचालनको विविध पक्षमा अनवरतरुपमा उल्लेखनिय योगदान पुराएका चार ब्यक्तित्वहरु संस्थापक अध्यक्ष डम्बरबहादुर गुरुङ, पूर्ब अध्यक्ष धन लामा, कोषाध्यक्ष भक्त क्षेत्री र सह कोषाध्यक्ष श्रीमती निमा क्षेत्रीलाई उनीहरुको योगदानको उच्च कदर गर्दै संस्थाको तर्फबाट जेष्ठ सदस्य जुमबहादुर गुरुङ र अध्यक्ष लामाले खादा लगाई बिषेस सम्मान गरे । 

बिगत बर्षहरु भन्दा यस बर्ष अत्याधिक उपस्थिति रहेको उक्त कार्यक्रमको दोस्रो चरणमा चर्चित गायिका कल्पना श्रीपालले बिभिन्न सुमधुर गीत गाएर र संगीता गैरेले उत्कृष्ट नृत्य प्रस्तुत गरेर सबैलाई भरपुर मनोरन्जन गराएका थिए । 

यसैगरि स्थानीय गायकहरु पूर्ण गुरुङ र लक्ष्मण गुरुङले पनि गीत गाए । मनोरन्जन तथा संस्कृतिक कार्यक्रम संचालन संस्थाका उपाध्यक्ष मित्रबहादुर गुरुङले रोचकसंग गरेका थिए । 

मनोरन्जनकै निम्ति ‘राफल ड्र’ पनि गरिएको थियो । राफल ड्रमा थुप्रै आकर्षक पुरस्कारसंगै प्रथम पुरस्कार सुनको बेरुव औंठी र द्वितिय पुरस्कारमा सुनको असर्फि औंठी थियो । राफल ड्र संयोजन तथा संचालन उपाध्यक्ष मित्र गुरुङले गरेका थिए । मित्र गुरुङलाई इन्टरटेनमेन्ट संयोजक राजु गुरुङ र सह इन्टरटेनमेन्ट संयोजक लक्ष्मण गुरुङले सघाएका थिए ।

राफल ड्रको प्रथम पुरस्कार रस्मी गुरुङ र द्वितिय पुरस्कार मन्जु गरुङले जिते । राफल ड्र साथसाथै लक्ष्मण गुरुङ, राजेश गुरुङ र धन लामाको संयोजनमा बिङ्गो (तम्बोला) पनि खेलाइएको थियो ।

कार्यक्रममा खाद्य संयोजक गंगु लामाको संयोजनमा हिकमत राईको टिमले खाद्य ब्यबस्थापन गरेको थियो । यसैगरि निशुल्क पेय पदार्थ ब्यबस्थापन ड्रिङ्कस संयोजक हिमाली गुरुङ, प्रवेश शुल्क र अन्य आर्थिक कारोबारको ब्यबस्थापन कोषाध्यक्ष भक्त क्षेत्री र साउन्ड सिस्टम ब्यबस्थापन पूर्व अध्यक्ष धन लामाले गरेका थिए । 

दिउसो १ बजे आरम्भ भएको कार्यक्रम राती १० बजे डिजेसंग रोमान्टिक नृत्य गर्दै सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री