मिस इंग्ल्याण्डको सेमिफाइनलमा पुगिन् प्रतिष्ठा


लन्डन । बेलायतको अल्डरसट निवासी प्रतिष्ठा राउत (तृस) मिस इंग्ल्याण्ड २०१९ को सेमिफाइनलमा प्रवेश गरेकी छन् । प्लोर प्लान आर्किटेक्ट २५ वर्षीया प्रतिष्ठा मिस इंग्ल्यान्ड फोटो हिट चरण पार गरेर साउथ वेष्ट सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।

प्रतिष्ठाले ‘फोटो हिट’ चरणमा मत दिएर जिताउने सबैप्रति आभार व्यक्त गरेकी छन् । उनले उपाधि जित्न अझै धेरै बांकी रहेकाले आफ्नो यात्रामा आर्थिक प्रायोजन गरि सहयोग गरिदिन अपिल पनि गरेकी छन् ।

मिस इंग्ल्याण्ड २०१९ मा उत्रने प्रतिष्ठा पहिलो नेपाली चेली हुन् ।

प्रतियोगताको फाइनल आगामी १६ जुन, २०१९ मा दि ग्राण्ड होटल ब्रिस्टोलमा हुने तय भएको छ । ‘मिस इंग्ल्यान्ड’ उपाधि जित्ने प्रतियोगीले २५ हजार पाउन्ड बराबरको पुरस्कारसहित होलीडे प्याकेज र मिस वल्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएका छन् ।

प्रतिष्ठा हङकङमा जन्मिएकी हुन् । भूपू ब्रिटिस गोर्खा बाबुकी एक्ली छोरी उनले १७ वर्षमै मोडलिङ थालेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री