शुक्रबार, वैशाख ६ २०७६ | Fri, April 19, 2019
नेपालको समय: १४:३९ | UK Time: 09:54

लण्डनमा ‘रोमान्स’ गर्दै भुवन जिया

विनेपाली
२०७६ वैशाख २ गते १८:१०

लण्डन  । ‘क्याप्टेन’ फिल्मको बेलायत शोका लागि गत ६ अप्रिलमा लण्डन आएका अभिनेता भुवन केसी र उनकी गर्लफ्रेन्ड जिया केसी यहाँ रोमान्स गर्दैछन् । फिल्म शोपछि नायक पुत्र अनमोल काठमाडौं फर्किए लगत्तै भुवन जिया रोमान्स सामाजिक सन्जालमै छताछुल्ल देखिएको हो । 

सुश्मितासँग डिभोर्सपछि लामो समयदेखि अफेर्समा रहँदै  आएको यो जोडीले पहिलोपटक आफ्नो सम्बन्ध खुल्ला रुपमा फेसबुकमार्फत उजागर गरेको हो । भुवन जियाको रोमान्टिक तस्विरहरु सेन्ट्रल लण्डनको टावरब्रीज र वेष्ट मिनिस्टरतिर प्रसन राईले खिचेका हुन् । भुवन केटीका कारण बेला बेला चर्चामा आइरहन्छन्   

अनमोल ‘क्याप्टेन’ को पहिलो रेड कार्पेट शो सकेर फर्किएपनि भुवन जिया बेलायतको लिभरपुल र अक्सफोर्ड शोमा समेत सहभागी भएका थिए । उनीहरु भोलि मंगलवार (१६ अप्रिल) बेलुका कतार एअरवेजबाट नेपाल फर्कनेछन् । 

‘क्याप्टेन’ फिल्म सपनकुमार राईले बेलायत ल्याएका हुन् । उक्त फिल्म अरु शहरमा पनि देखाउने योजनामा छन् सपन ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक