सोमबार, जेठ १३ २०७६ | Mon, May 27, 2019
नेपालको समय: १३:०७ | UK Time: 08:22

लन्डनपछि पर्यटन प्रवर्धन गर्न माल्टा पुग्यो दूतावास

विनेपाली
२०७६ वैशाख ३ गते २०:१४

लन्डन । लन्डनमा पर्यटन प्रवर्धन समितिले पूर्णता पाएको साता दिन नपुग्दै नेपाली दूतावासले माल्टामा पनि एक समिति गठन गरेको छ ।

माल्टा एवं बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको अध्यक्षतामा ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवर्धन समिति माल्टा’ गठन गरिएको हो । नेपालको पर्यटन प्रवर्धन गर्न र ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न गत १५ अप्रिलका दिन उक्त समिति गठन गरिएको दूतावासले मंगलबार जनाएको छ ।

उक्त समितिमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति, माल्टाको सम्पूर्ण कार्यसमिति पदेन सदस्य रहने व्यवस्था छ ।

गोविन्द खरेल संयोजक रहेको समितिमा प्रकाश 
भण्डारी, शर्मिला बस्नेत, राजेन्द्र भण्डारी, रहरमान तामाङ, लक्ष्मण रोका, उषा घिमिरे, नरेश चौधरी, नहकुल गौतम, विकास गौतम, विन्देश्वरी सुवेदी र बेदुराम भण्डारी सदस्य छन् ।

‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवर्धन माल्टा समिति’ को सदस्य सचिवमा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण रहेका छन् । उपनियोग प्रमुख आरण र दूतावासका सैनिक सहचारी कुमारबाबु थापाको माल्टा भ्रमणका अवसरमा उक्त समिति गठन गरिएको हो ।

समिति गठन कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रिय सह-कोषाध्यक्ष सोम सापकोटाको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक