ग्रीनवीच भलिबल परिवार ‘ए’ लाई ग्रीनवीच कपको उपाधि

लण्डन । ग्रीनवीच भलिबल परिवारद्वारा आयोजित पहिलो ‘ग्रीनविच परिवार भलिबल प्रतियोगिता’ कप आयोजक ‘ए’ टिमले जितेको छ । ग्रीनबीचको आर्टिलरी ब्यारेकमा आयोजना भएको खेलमा आयोजकको तीनसहित १४ टिम सहभागी थिए । प्रतियोगितामा रेडिङ भलिबल ‘ए’ र ‘बी’, स्वीन्डन भलिबल टिम, अल्डरसट भलिबल टिम ‘ए’ र ‘बी’, मोना ‘ए’ र ‘बी’, आयोजक ग्रीनवीच भलिबल टिम ‘ए’ ‘बी’ र ‘सी’, आसफोर्ड भलिबल टिम, जमघट भलिबल टिम, स्याङ्जा भलिबल टिम र क्यूओजीएलआर गरी जम्मा १४ टिम सहभागी थिए ।

लिग कम नकआउटको आधारमा खेलाइएको खेलमा रेडिङ ‘ए’, ग्रीनवीच ‘ए’, मोना ‘ए’ र क्यूओजीएरआर सेमी फाइनलमा प्रवेश गरेका थिए । प्रतिष्पर्धामक र रोमान्चक खेलमा रेडिङ ‘ए’ क्यूओजीएलआरलाई हराउंदै फाइनलमा प्रवेश गरेको थियो भने आयोजक ग्रीनवीच  ‘ए’ मोना ‘ए’ लाई हराइ फाइनलमा पुगेको थियो ।

फाइनल खेलमा आयोजक ग्रीनवीच ‘ए’ ले सजिलो सेटमा रेडिङ माथि विजय गरी जित सुरक्षित गरयो ।

चिसो मौसम बाबजुद ग्रीनवीच परिवारका चेलीबेटीहरुले सबै खेलाडी र खेलप्रेमी दर्शकहरुलाई निशुल्क चिया पानी वितरण गरेका थिए । बिहान १० बाट सुरु भएको खेल बेलुकी ८ बजे औपचारिक कार्यक्रमबीच समापन भएको थियो । परिवारका विनोद ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा पहिलो र दोश्रो हुने टिमलाई कार्यक्रम संयोजक रबिन्द्र रोका, परिवारका सदस्य कमल राना, खड्क रेस्मी, राज कटवाल, परिवारका दिदीबहिनीहरुबाट मेडल, ट्रफी र नगद पुरस्कार हस्तान्तरण गरिएको थियो ।

विजयी टिमले नगद पुरस्कार १२५० र दोश्रो टिमले ८०० पाउण्ड पाए ।

प्रतियोगितामा सेमिफाइनलतर्फ मोना ‘ए’ का रबिन पुन ‘मेन अफ द म्याच’ भए भने फाइनल खेलमा रेडिङ ‘ए’ का कुशल पुन ‘म्यान अफ द म्याच’ भए । खेलमा वेष्ट लिफ्टर, बेस्ट स्पाइकर र बेस्ट प्लेयर ग्रीनवीचका क्रमशः रोशन गुरुङ्, रबिन गुरुङ र चन्द्र पुन भए । उनीहरुलाई जमघटका अध्यक्ष ब्रुस कुमारले ट्रफी हस्तान्तरण गरेका थिए ।

अन्तमा कार्यक्रम संयोजक रबिन्द्र रोकाले सबै उपस्थित टिम, क्लब र समाजका सदस्य, दर्शकहरुलाई कार्यक्रम भब्य र सभ्य बनाइ दिएकामा धन्यवाद दिए । उनले कार्यक्रम सहज तरिकाले सञ्चालन गरेकामा नेपालको राष्ट्रिय रेफ्री जीवन गुरुङ र विनोद चन्दलाई विशेष धन्यवाद दिए भने खेल मैदान बुक गरी दिने दलप्रसाद थापाप्रति पनि विशेष आभार व्यक्त गर्दै आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने परिवारका सदस्य एवं 
प्रायोजकहरुलाई कृतज्ञता ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री