तमु समाज युकेको सामाजिक भवन किन्न एकै दिन उठ्यो ८५ हजार पाउन्ड 



लन्डन । तमु समाज युकेले सामाजिक भवन खरिद परियोजनाको सहयोगार्थ गत ५ मे २०१९ का दिन एक भव्य च्यारिटी कार्यक्रम गरेको छ । लण्डनस्थित हयारो लेजर सेन्टरको बाइरोन हलमा झन्ढै ७० भन्दा बढि नेपाली संघसंस्थाका प्रतिनिधि, व्यापारी, बुद्धिजिवी लगायत करिब ५ सय माझ च्यारिटी भएको हो ।

उक्त च्यारिटी कार्यक्रमबाट सामाजिक भवन खरिद परियोजनाका लागि झन्डै ८५ हजार पाउन्ड दान र ३४ हजार पाउन्ड निरब्याजी ऋण संकलन भएको समाजले जनाएको छ । तमु समाज युके सामाजिक भवन खरिद परियोजनाका निम्ति हाल सम्म सर्वाधिक आर्थिक दान गर्ने व्यक्तित्वहरुमा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ ३०५६.०० पाउन्ड, खेलकुद सचिव हरिमान गुरुङ ३००३.०० पाउन्ड र सल्लाहकार काशीराज बोहरा २७३५.०० क्रमशः प्रथम, द्वितिय र तृतीय स्थानमा छन् ।


बेलायतको राजधानी लण्डनमा नेपालीहरुको बसोबास बाक्लिएसंगै सामाजिक भवनको आवश्यकता महसुस गरि नेपाली मन अट्ने, नेपाली कला, संस्कृति झल्कने सामाजिक भवन खरिदका लागि समाजले च्यारिटी कार्यक्रम गरेको हो । उपाध्यक्ष तथा सामाजिक भवन खरिद परियोजना कार्यक्रमका संयोजक शिव कुमार गुरुङको संयोजकत्वमा कार्यक्रम भएको थियो । समाजको उक्त महत्वाकांक्षी 
प्रोजेक्ट सहयोगार्थ यो दोश्रो च्यारिटी डिनर थियो ।

तमु समाज युकेका सल्लाहकार केदार बहादुर गुरुङले स्वास्थ्य र सुरक्षा सम्बन्धी जानकारी गराए लगत्तै प्रमुख अतिथि संयुक्त अधिराज्य बेलायतका सांसद छायां मन्त्री बेरि गार्डनर र समाजका अध्यक्ष शिव चन्द्र गुरुङले संयुक्तरुपमा पानसमा दिप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए । त्यसपछि नेपाल र बेलायतको राष्ट्रिय धुन बजाइयो ।

समाजका अध्यक्ष शिवचन्द्र गुरुङको अध्यक्षतामा भएको 
औपचारिक कार्यक्रम महासचिव हर्क बहादुर गुरुङ र निरज गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रमको औपचारिक शुभारम्भपछि कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष शिव कुमार गुरुङले स्वागत मन्तब्य 
राख्दै समाज, परियोजना र कार्यक्रमबारे जानकारी दिए । उनले समाज सन् २००७ मा स्थापना भई बेलायतको च्यारिटी कमिसनमा गत डिसेम्बर २०१२ मा वैधानिक रुपमा दर्ता भएको गैर नाफामुलक च्यारिटेवल संस्था भएको जनाए । ५ सय भन्दा बढि आजीवन सदस्य संख्या रहेको उक्त संस्थाले बेलायतवासी समस्त नेपालीका हरेक दुःख सुःखमा साथ दिंदै आएको छ । नेपाली तथा तमु कला, संस्कार, संस्कृति, भाषा एवं भेषभुषाको संरक्षण र सम्बर्धन गर्दै नयां पुस्तामा आफ्नो मौलिक परम्परा कायम गराउन पनि संस्था निरन्तर लागिरहेको छ ।

बेलायती रहनसहन र जीवन पद्दतिमा अन्तरघुलन हुंदै समाहित हुनुपर्ने परिस्थिति रहेर पनि आफ्नो मौलिक पहिचानको जगेर्ना गर्दै आफ्नै नेपालीपनमा बस्न रुचाउने नेपालीको बानी छ । लन्डनमा नेपाली पहिचान बोकेको आफ्नै किसिमको एक वहुउद्देश्यीया तमु सामाजिक भवन होस् भन्ने समाजको चाहना भएको संयोजक गुरुङले बताए ।

तमु समाज युकेले ब्रेन्ट काउन्सिलबाट कम्युनिटी एसेट ट्रान्सफर योजना अन्तर्गत सिमित समयावधिका निम्ति एउटा सामाजिक भवन प्राप्त गर्न सफल भएर पनि कालान्तरका लागि लण्डनमा आफ्नै स्वामित्व भएको एक सामाजिक भवन खरिद गर्ने महत्वकांक्षी परियोजना विगत केही वर्ष अघि देखिनै अगाडि सारेको छ ।

स्वागत मन्तव्यको अन्तमा उपाध्यक्ष तथा कार्यक्रम संयोजक गुरुङले सम्पूर्ण दानवीर चन्दादाता, विशिष्ट अतिथि, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, ब्यापार ब्यवसायमा आवद्ध प्रायोजकहरु, कलाकार, शुभचिन्तक लगायत कार्यसमिति, आमा समूह, युवा समूहप्रति धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गार्डनरले तमु समाज युकेले भाषा, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्धन संगसंगै विभिन्न प्रकारका सामाजिक तथा कल्याणकारी कृयाकलाप र शिक्षा क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गर्दै सामाजिक भवन खरिद परियोजनामा उदार भावबाट दान गरेका सबै चन्दादाताप्रति आभार प्रकट गरे । प्रमुख अतिथिले बेलायत नेपालबीच युगौं लामो सम्बन्ध, सहयोग र गोर्खाहरुको योगदानको चर्चा 
गर्दै पछिल्लो समाय नेपाली समुदयाले यहांका अन्य समुदायसंग घुलमिल र समाहित हुंदै गरेका प्रसंशनीय कार्यहरुले गर्दा नेपाली समुदयलाई बेलायतीले अरु समुदयको दांजोमा सदा उच्च स्थानमा राखेको पनि बताए ।

त्यसैगरी मन्तब्य राख्ने क्रममा विशेष अतिथि बेलायती संसद बीरेन्द्र शर्माले भावी पिंढीहरुका निम्ति मजवुत आधारशिला खडा गर्न आफ्नो भाषा, संस्कार र संस्कृति 
संरक्षण एवं सम्बर्धन गर्नुपर्ने समाजको दायित्व रहेको उल्लेख गरे । शर्माले सामाजिक तथा कल्याणकारी कार्यहरु गरेर नयां पुस्तालाई शिक्षित गराउनुपर्ने र नयां पुस्ताको भविष्य बेलायतमै भएकाले उनीहरुलाई मतदातामा मात्र सिमित नराखी 
राजनीतिक नेतृत्व लिने आधारशिला खडा गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा समाजको बहुप्रतिक्षित एवं महत्वकांक्षी सामाजिक भवन खरिद परियोजना सफल बनाउन एक हजार पाउन्ड भन्दा माथि आर्थिक सहयोग पुरयाउने दानबीर चन्दा दाताहरुलाई फेटा, दोसल्ला र ताम्रपत्र तथा एक हजार भन्दा तल ५ सय पाउन्डसम्म आर्थिक सहयोग गर्ने दानबीरहरुलाई प्रशंसा पत्र र खादाले विशेष सम्मान गरिएको थियो । ५ सय भन्दा तल अर्थिक सहयोग गर्ने चन्दादातालाई खादा लगाई सम्मान गरियो । चन्दा दाताहरुलाई सम्मान गर्न प्रमुख आतिथि, विशेष अतिथि, समाजका अध्यक्ष, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष बिन्दु घले, कार्यक्रम संयोजक शिवकुमार गुरुङ लगायत स्वयंसेवक आमा दिदिबहिनी सहभागी थिए ।

त्यसैगरि कार्यक्रममा तमु समाज युकेको स्वागत गीतको शब्द रचना गर्ने बेलायतका चर्चित कार्यक्रम उदघोषक 
सूर्जे गुरुङ, कार्यक्रम स्थल ब्यवस्थापनमा सधैं महत्वपूर्ण भूमिका निर्वाह गर्ने हयारो लेजर सेन्टरका इभेन्ट म्यानेजर तामिन 
दुरोनी, स्वादिष्ट खाना व्यवस्थापनका निम्ति रारा क्याटरिङका प्रोपाइटर प्रताप रायमाझी, नेपालबाट आएका अतिथि कलाकारहरु कुलेन्द्र बिक, पवन राना र सञ्जय गुरुङलाई पनि प्रशंसा पत्र तथा खादा लगाई सम्मान गरिएको थियो ।

उक्त च्यारिटी डिनर नाइटमा अतिथिका रुपमा वेम्ली सेन्ट्रलका काउन्सिलर क्रुपा सेठ, डुडेन हिलका काउन्सिलर क्रुपेस हिरानी, हेन्डन कनस्टिच्यूएन्सी बार्नेटका लागि लेबर पार्टीका सांसद 
प्रत्यासि डेबिड पिन्टो डुसचिन्सकी, सडबरीका काउन्सिलर सकिब बट, वेम्ली सेन्ट्रलका काउन्सिलर विलमेनिअ मिचेल मुरी, बन्टओका काउन्सिलर अमार नभिकी, ब्रेन्टका पूर्व मेयर काउन्सिलर भगवानजी चौहान, गैर आवासीय नेपाली संघ युकेका उपाध्यक्षद्वय पुनम गुरुङ र शेरबहादुर सुनार, चार भन्ज्याङ तमु समाज युकेका अध्यक्ष मेजर कृष्ण बहादुर गुरुङ, घोताने समाज युकेका अध्यक्ष चन्द्र बहादुर गुरुङ, यती नेपाली एसोसिएसनका पूर्व अध्यक्ष उमेशराज मोक्तान र निवर्तमान अध्यक्ष शशीधर पौडेल थिए ।

त्यसैगरि, तमु प्ये ल्हु संघ युकेका पूर्ब महासचिव भेगलाल गुरुङ, दक्षिणपूर्वी तमु धिं लन्डनका अध्यक्ष हिरा प्रसाद गुरुङ, उपाध्यक्षद्वय पार्वती गुरुङ र हरि गुरुङ, महासचिव डम्बर गुरुङ, संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ र निवर्तमान अध्यक्ष श्रीचन्द्र गुरुङ, रोयल ग्रिनवीच नेपलिज एसोसिएसन युकेका अध्यक्ष हरिगोबिन्द गुरुङ, बुद्ध फाउन्डेसन युकेका अध्यक्ष दिपक श्रेष्ठ, तनहुं समाज युकेका अध्यक्ष लेख बहादुर गुरुङ, बेजिङस्टोक तमु गुरुङ समाज युकेका अध्यक्ष ओम प्रसाद गुरुङ, सहारा युकेका अध्यक्ष कुमार गुरुङ र पूर्व अध्यक्ष दिलिप गुरुङ, हङकङ नेपाली मन्च युकेका संस्थापक अध्यक्ष प्रेम बहादुर गुरुङ र पूर्व अध्यक्ष दुर्गा बहादुर गुरुङ, श्री पञ्चकोशी आर्थरडांडाखर्क समाज युके तथा थाउजन्ड बुद्ध युकेका अध्यक्ष मेजर समुन्द्र गुरुङ, फेदीखोला समाज युकेका अध्यक्ष हरि गुरुङ, दुर्लुङ समाज युकेका अध्यक्ष रक्षे गुरुङ, पन्चासे समाज युकेका अध्यक्ष शिवराम गुरुङ बिइएम, तमु कलाकार मन्चका अध्यक्ष चन्द्र बहादुर गुरुङ, कालाबङ घडेरी समाज युकेका अध्यक्ष सुर्जे गुरुङ, गोर्खा नेपलिज वेलफेयर सोसाइटी युकेका अध्यक्ष दिवाकर राई, सोंपाल समाज युकेका अध्यक्ष युक्त बहादुर गुरुङ, लमजुङ समाज युकेका अध्यक्ष विश्व जङ्ग गुरुङ, मर्दिखोला समाज युकेका अध्यक्ष धरम राज गुरुङ, नेपलिज बृटिस कम्युनिटी सेन्टरका अध्यक्ष मिलन घिमिरे, कोडेक युकेका उपाध्यक्ष रुकमिणी श्रेष्ठ थापा, गोर्खा जिल्ला समाज युकेका अध्यक्ष कर्ण बहादुर दर्लामी, गोर्खा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष फडक जित गुरुङ, भुम्दीकोट समाज युकेका अध्यक्ष जुमकाजी गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर युकेका अध्यक्ष नरेश गुरुङ, पर्वत वेलफेयर सोसाइटी युकेका अध्यक्ष नेत्र आले, सेफ एसोसिएसन युकेका अध्यक्ष दधी अचार्य, पोख्रेली मन्च युकेका अध्यक्ष मानप्रसाद गुरुङ, भूपू नेपाल प्रहरी परिवार संघ युकेका अध्यक्ष बाचस्पति रेग्मी, गुरुङ सोसाइटी केन्ट यूकेका महासचिव गोलमान गुरुङ, रङजुङ येसे ओडियाना युके सेन्टरका अध्यक्ष क्याप्टेन जिवन कुमार गुरुङ, चित्रेली समाज युके शाखाका अध्यक्ष हितमान गुरुङ, तामाङ समाज युकेका अध्यक्ष कुमार लामा, धादिङ नुवाकोट समाज युकेका उपाध्यक्ष कृष्ण तिमिल्सिना र महासचिव बोम बहादुर वाइवा, मेन्दोमाया समाज युकेका अध्यक्ष हरिसिङ गुरुङ, लमजुङ दरबार परिवारका अध्यक्ष ज्ञान बहादुर गुरुङ, धरान समाज युकेका अध्यक्ष सूर्य मान गुरुङ, देवाचन बुद्धिष्ट सेन्टरका अध्यक्ष लामा धरम गुरुङ, टिबेटियन कम्युनिटी इन ब्रिटेनका अध्यक्ष दहाला छेरिङ, डाइमन्ड बुद्धिष्ट सेन्टर युकेका उपाध्यक्ष मिना गुरुङ, किरात यायोख्या युकेका उपाध्यक्ष चन्द्र बहादुर राई, किरात राई यायोख्या लन्डन शाखाका अध्यक्ष रोम मुकारुङ, मगर संघ युके सचिव सरला राना, मगर संघ वेम्बली युके उपाध्यक्ष गन्ज बहादुर आले, प्रवासी नेपाली मन्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनि, नेपलिज अकाउन्ट एसोसिएसन युकेका अध्यक्ष सरोज सापकोटा, एभरेष्ट ल फर्मका निर्देशक सोलिसिटर राजु थापा, युके नेपाल बडी बिल्डिङ एसोसिएसनका अध्यक्ष सुक बहादुर गुरुङ, आइएमइ लन्डनका प्रवन्ध निर्देशक कमल पौडेल, एभरेष्ट सुपर मार्केट लिमिटेडका प्रवन्ध निर्देशक रबिन्द्र श्रेष्ठ, लन्डन फेशन हाउसकी निर्देशक मनिसा डंगोल, पिपल मोर्गेजका निर्देशक सूर्य गुरुङ, एभरेष्ट सुपर मार्केट लिमिटेड साउथ हेरोका प्रबन्ध निर्देशक खड्गबहादुर गुरुङ, एभरेष्ट क्यास एण्ड क्यारी लिमिटेडका प्रवन्ध निर्देशक एबी गुरुङ, ए स्टर फाइनानसिएल युकेका अध्यक्ष मिन दर्लामी, गोल्डेन सिप रेष्टुरेन्टका प्रबन्ध निर्देशक देव गुरुङ, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपाङ्गी मगर, वी नेपाली डटकमका प्रधान सम्पादक नबीन पोख्रेल, एभरेष्ट टाइम्स युकेका प्रबन्ध निर्देशक, नगेन्द्र नेम्बाङ र सम्पादक पूर्ण गुरुङ, बिबिएम वल्ड टिभिका निर्देशक बिसन गुरुङ, गोर्खा मेडियाका बरिष्ठ फोटोग्राफर मिलन तमु लगायतले संस्थागत सहभागिता जनाएका थिए ।

समाजका निवर्तमान उपाध्यक्ष तथा सल्लाहकार विजु गुरुङ, आमा समूहकी अध्यक्ष बिन्दु घले र आमा समूहकी निवर्तमान अध्यक्ष माया गुरुङ लगायत आमा समूह आवद्ध आमा दिदीबहिनीहरुले अतिथि सत्कार र कोषाध्यक्ष यम गुरुङ, सह कोषाध्यक्ष पूर्ण गुरुङ, उपाध्यक्ष कन्य प्रसाद गुरुङ, कार्यसमितिका सदस्य सुरेश घले र खेम बहादुर गुरुङले इन्ट्री कन्ट्रोलको जिम्मा लिएका थिए ।

 

त्यस्तै सल्लाहकार केदार बहादुर गुरुङ र सह संयोजक दिपक गरुङले अतिथिहरुको निम्ति पेय पदार्थको जिम्मेवारी लिएका थिए भने कार्यक्रमस्थल व्यवस्थापनको जिम्मेवारी संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ, निवर्तमान अध्यक्ष अर्जुन कुमार गरुङ, कार्यक्रम संयोजक तथा उपाध्यक्ष शिव कुमार गुरुङ र खेलकुद सचिव हरिमान गुरुङ लगायत कार्यसमतिका पदाधिकारी तथा सल्लाहकारहरुले गरेका थिए ।

कार्यक्रममा मनोरन्जनको महत्वपूर्ण पाटो अर्थात सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी सांस्कृतिक सचिव सरु गुरुङ रानाले गरेकी थिइन् । नृत्य कलाकारहरुमा आमा समूहका दिदीबहिनीहरु, समाजका कलाकार भाइबहिनीहरु र मगर संघ युके वेम्ली युथका कलाकारहरु थिए ।

संस्कृतिक कार्यक्रम सञ्चालनमा निरज गुरुङलाई सुश्री स्वस्ती गुरुङले सघाएका थिए । नेपालबाट आएका अतिथि गायक कलाकारहरु कुलेन्द्र बिक, पवन राना र सञ्जय गुरुङले पनि गीत प्रस्तुत गरि सबैलाई नचाए ।

त्यसै गरी कार्यक्रमको भिडियोग्राफीमा बिसन गुरुङ, 
फोटोग्राफीमा ओमकार गुरुङ र टेक बहादुर गुरुङ थिए । कार्यक्रममा साउन्ड सिस्टमको ब्यवस्थापन चांद म्यूजिक ओल्डले गरेको थियो भने कोब्रा बियर लिमिटेडले मिनरल वाटरको प्रायोजन गरि सहयोग गर्यो । स्वादिष्ट नेपाली खाना र पेय पदार्थ ब्यवस्थापन रारा क्याटरिङले गरेको थियो ।

अन्तमा हाउजिङ परियोजना र कल्याणकारी 
रात्रीभोज कार्यक्रमका संयोजक तथा उपाध्यक्ष शिव कुमार गुरुङलाई कार्यक्रम भव्य सफल भएको भन्दै समाजका अध्यक्ष र संस्थापक अध्यक्षले वधाई सहित फेटा लगाई सम्मान गरेका थिए ।

तस्विरहरु- मिलन तमु

प्रतिक्रिया

सम्बन्धित सामाग्री